पर्सी होलिमा ५०० वर्षपछि दुर्लभ योग-संयोग बन्दै, के छ खास !

काठमाडौँ : खासगरी नेपालमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिन र प्रतिपदाको दिन गरी दुई दिन होलि मनाइने गरिन्छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडमा होलि मनाइन्छ र त्यसको भोलिपल्ट कृष्ण पक्षको प्रतिपदामा तराईमा होलि मनाइने गरिन्छ।

यस पटक होलिको दिन अत्यन्तै शुभ ध्रुव योग निर्माण हुँदै छ। साथै ४९९ वर्षपछि या भनौँ लगभग ५०० वर्षपछि यस होलिमा एक विशेष दुर्लभ योग पनि बन्दै छ। यस भन्दा अघि ३ मार्च सन् १५२१ मा यो योग बनेको थियो।

तराई होलिमा चन्द्रमा कन्या राशिमा विराजमान रहनेछ। गुरु र शनि ग्रह आफ्नै राशिमा रहनेछ। यो भन्दा अघि यी दुवैको ग्रहको यस्तो संयोग ३ मार्च सन् १५२१ मा बनेको थियो।

गुरुको राशि धनु हो जबकि शनिको राशि मकर हो। दशकौँ पछि होलिमा सूर्य, ब्रह्मा र अर्यमाको साक्षी पनि रहनेछ। जुन दोस्रो विशेष दूर्लभ योग हो।

यो वर्षको होलिमा सर्वार्थसिद्धि योगमा मनाइनेछ। साथै यस दिन अमृतसिद्धि योग पनि रहनेछ।

प्रकाशित : शनिबार, चैत ०७, २०७७१३:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिका मानिस हुन्छन् धेरै कन्जुस, पानी सरह पैसा बगाउँछन यी राशिका जातक