काठमाडौँ : संसारभरका हरेक व्यक्ति आफ्नो आजीविका चलाउनको लागि पैसा कमाउँछन्। पैसा कमाउनुको साथ-साथै यसलाई बचाउन पनि जरुरी हुन्छ। कडा मेहनत गरेर कमाएको पैसा सधैँ तपाईले बचत गर्न सक्नुहुँदैन।
यसको मतलब तपाईले आफ्नो खर्चमा नियन्त्रण गर्न सक्नुहुन्न भन्न खोजिएको हैन। यसको पछाडी तपाईको राशि पनि जिम्मेवार हुन्छ। ज्योतिष अनुसार व्यक्तिको राशिबाट नै तिनको व्यवहार थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई बताउँछौँ कि राशि अनुसार तपाई कुन क्याटेगोरीमा पर्नुहुन्छ।
मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
यस राशिका मानिस पैसा खर्च गर्न भन्दा बढी बचत गर्नमा विश्वास राख्छन्। उनीहरु आफ्नो शिक्षा, परिवार र रिटायरमेन्टको लागि बचत गर्छन्। यस राशिका जातक तिनै चीजमा खर्च गर्छन्, जुन उनीहरुका लागि महत्वपूर्ण हुन्छ।
वृष राशि – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
वृष राशिका जातक सबैभन्दा बढी आर्थिक रुपमा सबल हुन्छन्।
मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
मिथुन राशिका जातक पैसाको मामिलामा दोहोरो व्यवहार गर्छन्। यिनीहरु खुशी हुँदा गलत ठाउँमा पैसा लगानी गर्छन्। बिना सोचविचार गरिएको लगानीले भावी जीवनमा नोक्सानी ब्होर्नुपर्नेछ।
कर्कट राशि – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
कर्कट राशिका जातक पैसा खर्च गर्ने कुरामा एकदम सतर्क हुन्छन्। उनीहरु लामो समयसम्म सोचविचार गरेपछि कुनै चीज खरिद गर्छन्। मूड खराब हुँदा कर्कट राशिका मानिस आफूलाई खुशी पर्न जे पनि जेमा पनि खर्च गर्न सक्छन्।
सिंह राशि – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
सिंह राशिका मानिस सावधानीपूर्वक खर्च गर्छन्। यस राशिका मानिस एक-अर्कालाई उपहार दिन मन पराउँछन्। यिनीहरु सस्तो चीज खरिद गर्न रुचाउँदैनन्। यिनीहरु सधैँ चलेको ट्रेन्डका चीजहरु मन पराउँछन्।
कन्या राशि – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
कन्या राशिका मानिस निकै व्यवहारिक हुन्छन्। उनीहरुलाई विभिन्न चीजहरुबीच कसरी सन्तुलन बनाईराख्ने भन्ने कुराको राम्रो ज्ञात हुन्छ। कन्या राशिका जातकलाई कहिले के गर्ने र कसरी गर्ने थाहा हुन्छ। खासगरी जब कुरा पैसाको आउँछ तब यिनीहरु झन् गम्भीर हुन्छन्।
तुला राशि – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
यस राशिका जातक व्यवहारमा धेरै उदार हुन्छन्। यिनीहरु आफ्नो एक-एक रुपैयाँ पैसाको हिसाब राख्छन् र आवश्यक पर्दा दिल खोलेर खर्च पनि गर्छन्। तुला राशिका मानिस महिनाको अन्त्यमा निकै निराशाजनक महसूस गर्छन्। कसैको मद्दत गर्न या मनोरञ्जनमा पैसा खर्च गर्दा यिनीहरुलाई खुशी मिल्छ।
वृश्चिक राशि – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
वृश्चिक राशिका जातक आफ्नो कामप्रति निकै ईमान्दार हुन्छन्। यिनीहरु पैसाको मामिलामा एकदमै व्यवहारिक हुन्छन्। यिनीहरु अरु कसैलाई दिएको सापटी पैसा फिर्ता लिन कहिल्यै हिच्किचाउँदैनन्।
धनु राशि – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
धनु राशिका मानिस कडा मेहनती स्वभावका हुन्छन्। उनीहरुका लागि पैसा कमाउनु भनेको बाया हातको खेल हो। उनीहरु आफूलाई रोमाञ्चित बनाउने जुनसुकै काम गर्न पनि पछि हट्दैनन्।
मकर राशि – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
मकर राशिका जातकले पैसाको महत्वलाई राम्ररी बुझेका हुन्छन्। उनीहरु फाल्तु पैसा बर्बाद गर्न मन पराउँदैनन्। मकर राशिका मानिस करियर ओरियन्टेड हुन्छन् र आफ्नो लक्ष्य प्राप्तिको लागि कडा मेहनत गर्छन्।
कुम्भ राशि – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) :
यस राशिका मानिस पैसाको चिन्ता नगरी बेपर्वाह खर्च खर्च गर्छन्। यिनीहरु आफ्नो बचतमा ध्यान नदिई उच्च गुणस्तरका महँगा-महँगा सामान खरिद गरी पैसा खर्च गर्छन्।
मीन राशि – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :
मीन राशिका जातक नि:स्वार्थ अरु मानिसहरुलाई सहयोग गर्छन्। अरुलाई सहयोग गरेर यिनीहरु आफ्नो गोजी रित्याउन पनि सक्छन्।