एजेन्सी : भारतीय चलचित्र निर्देशक रामानन्द सागरको रामायणलाई अहिले पनि मानिस उत्तिकै मन पराउँछन्, जत्ति पहिले मन पराउँथे। त्यतिबेलाको समयमा कम स्रोत र साधनको बाबजूद पनि भव्य प्रस्तुति भएको कारण धार्मिक टेलिभिजन श्रृङ्खला ‘रामायण’ लाई निकै रुचाइएको थियो। यस टेलिभिजन श्रृङ्खलाको हरेक कलाकारको अभिनयलाई व्यापक मन पराईएको थियो। यहीँ नामको प्राचीन महाकाव्यको ७८-भाग टिभी रूपान्तरण गरिएको रामायणमा अरुण गोविलले भगवान राम र दीपिका चिखलियाले सीताका रूपमा अभिनय गरेका थिए। यस टेलिभिजन श्रृङ्खलाको हरेक कलाकार आफ्नो मेहनतको दममा मानिसहरुका मनमुटुमा बस्न सफल भएको थियो।
रामायणमा अधिक मन पराईएको कलाकार मध्ये एक थिए नलिन दवे। नलिन दवेले रामायणमा रावणको भाई कुम्भकर्णको भूमिका निभाएका थिए। रामायणमा उनको एक यस्तो दृश्य थियो, जुन हेरेर मानिसहरुको आँखामा आँसु आएको थियो। खासरी तब जब कुम्भकर्णलाई थाहा थियो कि उनको व,;-ध हुने वाला छ। फेरी पनि उनी आफ्नो दाजुको लागि रणभूमिमा रामसँग यु,द्ध गर्न गए र अन्तत: श्रीरामको हातबाट उनको ब,*_ध भयो।
नलिन दवे गुजराती फिल्मको प्रसिद्ध अभिनेता थिए। २६ वर्षको उमेरमा उनले ‘भादर तारा वहेता पाणी’ मा पहिलो ब्रेक पाएका थिए। यहीँबाट नलिन दवेको भाग्य चम्कियो। त्यसपछि उनले थुप्रै गुजराती फिल्महरुमा खलनायकको भूमिका निर्वाह गरे। नलिनको घरपरिवार उनको अभिनयको विरुद्दमा थिए।
८० को दशकमा नलिन दवे गुजराती सिनेमाको एक चर्चित नाम बनिसकेका थिए। उनले केही हिन्दी फिल्महरुमा पनि काम गरेका थिए। उनले ‘प्रेम’, ‘दाता’, ‘एक अलग मौसम’ लगायत हिन्दी फिल्महरुमा अभिनय गरेका थिए। नलिनको अन्तिम हिन्दी फिल्म ‘पाप की सजा’ थियो। जुन सन् १९८९ मा रिलिज भएको थियो।
रामायणमा अरविन्द त्रिवेदीले कुम्भकर्णको दाजु रावणको भूमिका निभाएका थिए। तर वास्तविक जीवनमा रावणको भूमिका निभाएका अरविन्द र कुम्भकर्णको भूमिका निभाएका नलिन मिल्ने साथी हुन्। अरविन्द त्रिवेदीकै सिफारिसमा रामानन्द सागरले रामायणमा नलिन दवेलाई भूमिका दिएका थिए। अरविन्द त्रिवेदी पनि गुजराती रङ्गमञ्चको एक ख्यातिप्राप्त कलाकार थिए। कामको सिलसिलामा दुवैबीच घनिष्ठ मित्रता भयो। नलिनले ५० वर्षको अल्पायुमै यो संसार छाडे। उनको असामयिक मृत्युको रहस्य अझैँ सम्म सुल्झेको छैन।