एजेन्सी : सलमान खानको स्टारडमको बलिउडमा दबदबा छ। सलमान खानको फिल्मसँग टक्कर लिने हिम्मत बलिउडको कुनै हस्तीसँग पनि छैन। चाहे ती शाहरुख खान हुन् या अक्षय कुमार हुन् या ऋतिक रोशन हुन्। सलमान खानको फिल्म रिलिज भएको दिन अरु कुनै स्टारले आफ्नो फिल्म रिलिज गर्ने आँट गर्न सक्दैनन्।
यदि ईद चाड हो भने हिम्मत अझ कम हुन्छ। किनकी सलमानको फिल्म र ईदको सम्बन्ध यस्तो छ कि फिल्म ब्लकबस्टर हुनु तय हुन्छ। वर्षौँदेखि सलमान खानको फिल्म ईदमा रिलिज हुँदै आइरहेको छ।
अघिल्लो वर्ष कोभिड-१९ को कारण ईद फिक्का भएको थियो किनकी सलमानको फिल्म ‘राधे’ रिलिज हुन् पाएको थिएन्। यस वर्षको ईदमा सलमान खानले राधे फिल्म रिलिजको घोषणा गरिसकेका छन्। आउँदो १३ मेमा सलमानको फिल्म सिनेमाघरहरुमा रिलिज हुँदै छ।
सलमान चाहेको भए उनको फिल्म ओटिटी प्लाटफर्ममै रिलिज गर्न सक्थे तर उनले सिनेमाघर नै रोजे। सलमानलाई बलिउडको चुम्बक मानिन्छ किनकी उनीसँग दर्शकलाई हलसम्म तान्न सक्ने तागत छ।
सलमानको प्रभुत्वलाई यस पटक चुनौती हुँदै छ। राधेसँगै जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते २’ रिलिज गरिने भएको छ।
सलमान र जोनबीच कहिल्यै पनि दोस्ती भएन। दुवैबीच सम्बन्ध तनावपूर्ण नै रहँदै आएको थियो। सलमान एक पटक कसैसँग रिसाए भने त्यो रिस मर्न वर्षौँ लाग्छ। जोनसँग पनि सलमान केही कुरामा रिसाएका छन्। जोनलाई पनि यो कुरा राम्ररी थाहा छ। यसकारण उनी पनि सलमानसँग टक्कर लिने मूडमा देखिएका छन्।
यद्यपि यसको पछाडी फिल्मको निर्माता-निर्देशकको पनि मर्जी हुन्छ, तर बलिउडमा हिरो अत्यन्तै प्रभावशाली हुन्छन्। राधे र सत्यमेव जयते २ को टक्कर हुने तय भईसकेको छ। सवाल यो उठ्छ कि कसले भारी नोक्सानी ब्होर्नुपर्ला।