मुम्बईको घरमा आइटी डिपार्टमेन्टले छापा हानेपछि तापसीले किनिन् अर्को नयाँ घर

एजेन्सी : बलिउड अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा हानेको समाचार अझैँ पनि चर्चामा छ। आयकर विभाग स्रोतका अनुसार कर छलीको मामिलामा प्रडक्सन हाउस फ्यान्टम फिल्मसँग सम्बन्धित व्यक्तिहरुको घरमा छापा-मा,री गरिएको थियो । यसमा अनुराग कश्यम, तापसी पन्नू, विकास बहल र अन्य संलग्न छन् । यसैबीच अभिनेत्री तापसीले आफ्नो नयाँ घरको केही तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् जुन देखेर मानिसहरु दङ्ग परेका छन्।

सामाजिक सञ्जालमा उनले आफूले आफ्नै कमाईमा घर खरिद गरेको बताएकी छिन्।

तापसीले शेयर गरेको फोटोमा तपाईले देख्न सक्नुहुन्छ कि घर अहिलेको जमानाको नभई पुरानो जमानाको जसरी इन्टेरियर गरिएको छ।

यस तस्बिरमा भिन्टेज सोफा सेट र एक काठको कुँदिएको बुट्टेदार टेबल रहेको छ।

उनले फोटो शेयर गरी क्याप्सनमा लेखेकी छिन् – ‘घर : एक यस्तो ठाउँ जहाँ साथी भेटिन्छन्, परिवार जम्मा हुन्छन् र प्रेम बढ्छ।’

यस तस्बिरमा तपाईले काठको कुर्सी, ग्रामोफोन प्लेयर, सेतो पर्दा देख्न सक्नुहुन्छ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने तापसी अहिले अनुराग कश्यपको फिल्म ‘दोबारा’ को शूटिङमा व्यस्त छिन्। उनको अर्को फिल्म ‘लूप लपेटा’ पनि रिलिजको लागि तयार छ।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रामायण सकिएको दुई वर्षमै भएको थियो ‘कुम्भकर्ण’ को मृत्यु, अझैँ रहस्यमय