एजेन्सी : आलिया भट्ट आज आफ्नो २८ औँ जन्मदिन मनाईरहेकी छिन्। उनको जन्म १५ मार्च, सन् १९९३ मा मुम्बईमा महेश भट्ट र सोनी राजदानको घरमा भएको थियो।
फिल्मको लागि तीन हप्तामा घटाएकी थिईन् वजन
‘स्टुडेन्ट अफ द एयर’ को लागि आलियाले तीन हप्तामा करिब १६ किलो वजन घटाएकी थिईन्। त्यतिबेला उनको तौल करिब ६७ किलोग्राम थियो। फिल्मको लागि आलियासँगै करिब ४०० युवतीले अडिशन दिएका थिए। सेलेक्सन भएपछि करण जोहरले उनलाई स्पष्टभनेका थिए, कि त वजन कम गर या फिल्ममा रोल बिर्सिदेउ।
आलियाको जीवनका केही रोचक तथ्यहरु :
१. ‘स्टुडेन्ट अफ द इयर’ आलियाको पहिलो फिल्म थिएन। सन् १९९९ मा रिलिज भएको फिल्म ‘सङ्घर्ष’ मा उनले प्रीति जिन्टाको बाल्यकालको भूमिका निभाएकी थिईन्। त्यतिबेला उनी केवल ६ वर्षकी थिईन्।
२. आलियाले आफ्नो पढाईको सुरुवात जमनाबाई नर्सरी स्कूल(मुम्बई) बाट गरेकी थिईन्। आलिया स्कुलमा एक औषत विद्यार्थीमा गनिन्थिन् तर अतिरिक्त क्रियाकलापहरुमा भने उनी सधैँ अगाडी हुन्थिन्। उनी पहिले देखि गाउन र नाँच्न विशेष रुचि राख्थिन्।
३. आलिया मसाबा गुप्ताको नजिकको साथी हुन् र उनीहरुको गर्ल ग्याङको नाम ‘स्पाइस गर्ल’ हो। आलियालाई पार्टी गर्न र साथीहरुसँग घुम्न जान अत्यधिक मन पर्छ।
४. अभिनयको साथ-साथै गायनमा हात हालेकी आलियालाई म्युजिक डायरेक्टर एआर रहमानले वर्ल्ड फेमस म्युजिक स्कूलमा ट्रेनिङको लागि प्रस्ताव राखेका थिए।
५. अभिनेता इमरान हाशमी र डायटरेक्टर मोहित सूरी उनको फर्स्ट कजिन हुन्।
६. आलियाको आमा आधा कश्मिरी र आधा जर्मनी हुन्। उनको पिता महेश भट्ट गुजराती हुन्। पूजा भट्ट र राहुल भट्ट उनको सौतेनी दाजु-दिदी हुन्।
७. आलिया आफ्नो आमासँग धेरै नजिक छिन्। उनले बलिउडमा करियरको सुरुवात गरेपछि पिता महेश भट्टसँग नजिकिएकी थिईन्। अरु युवतीहरु जस्तो आलिया आफ्नो पिता जस्तो पति चाहदिनन्। किनकी उनको पिताको जीवन सधैँ विवादस्पद रह्यो र धेरैजनासँग अफेयर्स पनि चलेको थियो। उनी आफ्नो भावी पतिमा साथीको जस्तो गुण खोज्छिन्।
८. आलियाको जीवनको तीन महत्वपूर्ण व्यक्ति उनको आमा सोनी राजदान, दिदी शाहीन र मेन्टर करण जोहर हुन्।
९. गायन बाहेक आलियालाई चित्रकलामा पनि विशेष रुचि छ। उनी चारकोल पेन्टिङ गर्न मन पराउँछिन्।
१०. आलिया पर्याप्त निन्द्रालाई आफ्नो ब्युटी सिक्रेट मान्छिन्। उनी मर्निङ पर्सन हुन् र बिहान सबेरै उठ्छिन्।
११. आलियालाई फ्रेन्च फ्राईज असाध्यै मन पर्छ र उनी यो दिनको जतिबेला पनि जति पनि मन पराउँछिन्।
१२. आलियालाई ग्रीन टिसँग बदाम खुबै मन पर्छ।
१३. ‘स्टुडेन्ट अफ द ईयर’ को शूटिङको पहिलो दिन आलियाको जीवनको सबैभन्दा अविस्मरणीय दिन थियो।
१४. भारतमा आलियाको फेवरेट डेस्टिनेशन हिमाचल प्रदेश हो।
१५. आलियालाई प्रेम भन्दा मागी विवाह गर्न चाहन्छिन्।
१६. आलियाको सफलता सुत्र हो, ‘काम, काम र काम’