१२ वर्षपछि बलिउडमा कमब्याक गर्दैछिन् यस अभिनेत्री

एजेन्सी : रंगीला, जुदाई, सत्या जस्ता फिल्महरुमा काम गरिसकेकी अभिनेत्री उर्मिला मार्तोन्डकर बलिउडमा कम्ब्याक गर्न सोचमा छिन्। उनले सन् १९८० मा श्रीराम लागूको मराठी फिल्म ‘जाकोल’ बाट करियरको सुरुवात गरेकी थिईन्। त्यतिबेला उनी जम्मा ६ वर्षकी थिईन्।

उर्मिला मार्तोन्डकर लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा बस्दै आएकी थिइन्। अहिले उनी स्वयमले छिट्टै नयाँ फिल्म लिएर आउने जानकारी दिएकी छिन्। उर्मिलाले आमिर खान, सलमान खान, शाहरुख खान, अजय देवगन, अनिल कपूरसँग काम गरिसकेकी छिन्। ९० दशकमा उनी सफल अभिनेत्रीहरुमध्येकी एक थिईन्। उनको हट र ग्लामरस अवतार देखेर लट्ठ हुने लाखौँ थिए। तर विवाह पछि उनी बलिउडबाट टाढिइन्।

सन् २०१९ मा उनी राजनीतिमा प्रवेश गरिन्। उनी हिन्दू राष्ट्रवादी राजनीतिक दल शिवसेनामा सामेल छिन्। उनको फिल्मी करियर सफल रहे पनि राजनीतिमा भने पकड जमाउन सकिनन्। तैपनि उनी शिवसेनाबाट चुनावमा उठ्ने तयारीमा छिन्।

बलिउडमा कम्ब्याक गर्नेबारे उर्मिला भनिन् – ‘बलिउडमा फेरी पनि इन्ट्री गर्ने समय आएको छ। करियरको बारेमा सोच्दा मैले मानिसहरुका मनमुटुमा ठाउँ बनाउन सफल भएकी छु। मेरो अहिलेसम्मको करियर शानदार रहेको छ र यसरी आफ्नो फिल्मी करियर समाप्त पार्न चाहन्न।’

उर्मिलाले अझ थप्दै भनिन् – ‘बलिउडमा मेरो यात्रा शानदार रह्यो। मेरा थुप्रै फिल्महरु हिट भए। मलाई थाहा छैन मेरो आउँदो प्रोजेक्ट कति प्रभावकारी हुनेछ।’

प्रकाशित : आइतबार, चैत ०१, २०७७१९:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडको सबैभन्दा क्युट अभिनेत्री आलिया बाल्यकालमा झन क्युट देखिन्थिन्, हेर्नुस् तस्बिर