एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टलाई इन्डस्ट्रीको सबैभन्दा क्युट अभिनेत्री मानिन्छ। उनको संसारभर तगडा फ्यान फलोइङ छन्। उनको क्युट स्माइलमा सबै फिदा हुन्छन्। आलिया भट्ट आज १५ मार्चमा आफ्नो २८ औँ जन्मदिन मनाउँदैछिन्। उनको जन्मदिनको अवसरमा आज हामी तपाईलाई उनको बाल्यकालको क्युट तस्बिरहरु देखाउनेछौँ।
आलिया भट्ट इन्स्टाग्राममा आफ्नो थ्रोब्याक फोटो शेयर गरिरहन्छिन्। आलियाको यो तस्बिर अत्यन्तै खास छ। यसमा उनी पिङ्क ड्रेसमा असाध्यै क्युट देखिएकी छिन्। उनी आफ्नो पिता महेश भट्टको काखमा बसेकी छिन्।
आलिया भट्ट यस तस्बिरमा कलरफुल ड्रेसमा देखिएकी छिन्। उनी आफ्नी आमा सोनी राजदानको काखमा बसेको देख्न सकिन्छ। यो तस्बिर अत्यन्तै क्युट छ, जसमा आमा-छोरीको राम्रो बन्डिङ देख्न सकिन्छ।
स्टेप सिस्टर पूजा भट्टसँग पनि आलिया भट्टको बन्डिङ राम्रो छ। पूजाले आलियालाई धेरैपटक सपोर्ट गरेकी छिन्। आलिया पनि आफ्नी दिदीलाई अत्यन्तै माया गर्छिन्। यी दुईका थुप्रै फोटोहरु सामाजिक सञ्जालमा भाइरल हुने गर्छन्। पूजाको फिल्म ‘सङ्घर्ष’ बाट आलिया भट्टले एक चाइल्ड आर्टिस्टको रुपमा डेब्यु गरेकी थिईन्।
आलिया भट्टको जन्म सन् १९९३ मार्च १५ मा बम्बईमा भएको थियो। उनको पिता महेश भट्ट गुजराती हुन् र माता सोनी राजदानी कश्मिरी पण्डित हुन्। साथै सोनी राजदानका पुर्खा जर्मनी थिए। आलियालाई बाल्यकाल देखि नै अभिनयमा रुचि थियो। उनी अतिरिक्त क्रियाकलापहरुमा निकै चासो राख्थिन् र भाग लिन्थिन्।
कुनैबेला आलिया भट्टको ट्रान्सफर्मेसनले निकै चर्चा पायो। आलिया एक समय निकै मोटी थिईन्। फिल्ममा आउनकै लागि उनले आफ्नो वजन घटाइन्। अहिले उनी बलिउड इन्डस्ट्रीको स्लिम अभिनेत्री मध्ये एक हुन् ।
आलिया भट्टले करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन्। उनले आफ्नो करियरमा थुप्रै शानदार फिल्महरु दिएकी छिन्। उनले हाइवे, टु स्टेट्स, हम्प्टी शर्मा की दुल्हनिया, उड्ता पञ्जाब, डियर जिन्दगी, जिरो, गली ब्वाय, कलङ्क र सडक २ जस्ता फिल्म आफ्नो अभिनय कौशलता देखाएकी छिन्। अहिले उनी फिल्म ‘गंगूबाई काठियावाडी’ को कारण चर्चामा छिन्।
उनका इन्टरनेट फ्यान्सअनुसार आलिया भट्ट बच्चामा जति क्युट थिईन् अहिले झन् बढी क्युट छिन्।