चैत महिनाको पहिलो दिन बढ्यो सुनको मूल्य

काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापावाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अघिल्लो वर्षभन्दा यो वर्ष नेपाली बढी खुशी, उक्लियो पाँच स्थान माथि