अघिल्लो वर्षभन्दा यो वर्ष नेपाली बढी खुशी, उक्लियो पाँच स्थान माथि

एजेन्सी -फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।

सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युज ल्याण्ड बाहेक अरु सवै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्मरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ ।

विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

नेपालका नागरिक कति खुशी ?

विश्व खुशीयाली प्रतिवेदन २०२१ को सूचीमा नेपाल ८७ औं स्थानमा परेको छ। नेपाल यस वर्ष ५ स्थान माथि उक्लिँदै ८७ औं स्थानमा परेको हो। यस अगाडी गत वर्ष सो सूचीमा नेपाल ९२ औं स्थानमा थियो।

खुशी नागरिकहरुको मुलुकको सूचीमा छिमेकी मुलुक चीन नेपाल भन्दा केहि माथि मात्रै परेको छ भने भारत धेरै पछाडी परेको छ। चीन सो सूचीको ८४ औं स्थानमा परेको छ भने भारत १३९ औं स्थानमा परेको छ।

पूरा सूची निम्न छ –

श्रोत : विश्व खुशीयाली प्रतिवेदन २०२१

प्रकाशित : शनिबार, चैत ०७, २०७७१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फास्टट्र्याकको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत