मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
साथीहरुसँग आनन्दमय समय बिताउनुहुनेछ । साथीसँग भेट हुँदा उपहार पाउनुहुनेछ। नयाँ मित्रताको कारण भविष्यमा लाभ हुनेछ । सन्तानबाट लाभ मिल्नेछ । प्राकृतिक स्थलमा बसाईको आयोजन गर्नुहुनेछ । सरकारी कार्यमा सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन पेसा गर्ने व्यक्तिको लागि शुभ रहेको छ। नयाँ कार्यको आयोजन सफलतापूर्वक गर्नुहुनेछ। उच्चाधिकारीको कृपादृष्टि रहनेछ । पदोन्नति पनि हुन सक्छ । गृहस्थजीवनमा मधुरता आउनेछ । अधुरो कार्य पूर्ण हुनेछ । सरकारी लाभ मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कुनै पनि नयाँ कार्य प्रारम्भ नगर्नुहोला । शरीरमा थकान र आलस्य रहनाले कार्य गर्न उत्साह रहनेछैन । पेसा वा व्यपारमा विपरीत परिस्थिति रहनेछ ,त्यसैले उच्च अधिकारीको रिसको सामना गर्नुपर्नेछ । खर्च अधिक हुनेछ । महत्त्वपूर्ण कार्यको लागि कुनै निर्णय नलिनुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रत्येक विषयमा सावधानीपूर्वक व्यवहार गर्नुहुनेछ। पारिवारिक सदस्यसँग वाद-विवाद नगर्नुहोला। बोलीमा तथा क्रोधमा ध्यान राख्नुहोला । अधिक खर्च होला । निषेधात्मक तथा अनैतिक कार्यबाट टाढा रहनुहोला । ईश्वरको स्मरण तथा आध्यात्मिकता लाभदायी हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
वैवाहिक जीवनमा झगडा होला । जीवन साथीको स्वास्थ्य बिग्रिन सक्ला । आफ्नो आफन्त तथा व्यापारीसँग सावधानीपुर्वक कम गर्नुहुनेछ । निरर्थक चर्चा वा विवादमा नपर्नुहोला । अदालती कार्यमा सफलता कम मिल्नेछ । सामाजिक तथा बाह्य क्षेत्रमा यश मिल्नेछैन ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्फूर्ति तथा स्वस्थता अनुभव गर्नुहुनेछ । घरमा तथा पेसाको स्थलमा वातावरण आनन्दमयी रहनेछ । सहकर्मीको सहयोग मिल्नेछ । रोगी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ । माईतबाट सामाचार मिल्नेछ । कार्य-सम्केपन्नताको कारण यश मिल्नेछ । खर्च साधारण हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दिन मध्यम फलदायीनको चिन्ताले सताउनेछ। विद्या-अभ्यासमा बाधा आउनेछ । वाद-विवाद वा वौद्दिक चर्चाबाट टाढा रहनुहोला । नयाँ कार्यको आरम्भ नगर्नुहोला। कोहि प्रियजनसँग भेट हुनेछ । मानभंग हुन सक्ला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शान्तमा दिन बिताउनु हुनेछ । चिन्तामाय मन तथा अस्वस्थ शरीरले तपाई चिन्तित राख्नेछ । आफन्तसँग मनमुटाव हुन सक्छ । आर्थिक हानि होला । कुनै प्रकारको दस्तावेज गर्न सावधानी अपनाउनु होला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
नयाँ कार्यको प्रारम्भको लागि दिन शुभ रहेको छ। परिवारसँग बसाई तथा आयोजन हुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ । भाग्य वृद्धि होला । रहस्यवाद तथा आध्यात्मिकतामा अधिक रस लिनुहुनेछ । कार्य सफलताको दिन रहेको छ । सामाजिक दृष्टिले मान-सम्मान पाउनुहुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिवारसँग झगडाको प्रसंग नहोस् यस कुराको ध्यान राख्नुहोला । बोलीमा ध्यान राख्नुहोला । शेयर सट्टामा लगानी नगर्नुहोला । स्वास्थ्य मध्यम रहनेछ । आँखामा पीडा हुनेछ । विद्यार्थिको पढाईमा अधिक ध्यान राख्नुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन शुभ फलदायी रहेको छ । शारीरिक तथा मानसिकरुपले प्रसन्न रहनुहुनेछ । भौतिक तथा आध्यात्मिक दृष्टिले दिन राम्रो रहेको छ । परिवारसँग बसाईमा सुरुचिपूर्ण भोजन गर्नुको साथसाथै उपहार प्राप्त गर्नुहुनेछ । आध्यात्मिक विचारले तपाईको हृदय एवं मनलाई छुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
लोभ वा लालचमा नफस्नुहोला । आर्थिक विषयमा निकै सावधानी अपनाउनु पर्नेछ । लगानी गर्नु पूर्ण सोच्नुहोला । शारीरिक स्वास्थ्य बिग्रन सक्ला । एकाग्रता पनि कम हुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ । परिवारसँग मतभेद खडा हुनेछ