भोलि फागुन २७ गते शुक्रबार, कसरी बित्ला तपाईको पूरा दिन ? यी राशिलाई छ शुभ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

साथीहरुसँग आनन्दमय समय बिताउनुहुनेछ । साथीसँग भेट हुँदा उपहार पाउनुहुनेछ। नयाँ मित्रताको कारण भविष्यमा लाभ हुनेछ । सन्तानबाट लाभ मिल्नेछ । प्राकृतिक स्थलमा बसाईको आयोजन गर्नुहुनेछ । सरकारी कार्यमा सफलता मिल्नेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन पेसा गर्ने व्यक्तिको लागि शुभ रहेको छ। नयाँ कार्यको आयोजन सफलतापूर्वक गर्नुहुनेछ। उच्चाधिकारीको कृपादृष्टि रहनेछ । पदोन्नति पनि हुन सक्छ । गृहस्थजीवनमा  मधुरता आउनेछ । अधुरो कार्य पूर्ण हुनेछ । सरकारी लाभ मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कुनै पनि नयाँ कार्य प्रारम्भ नगर्नुहोला । शरीरमा थकान र आलस्य रहनाले कार्य गर्न उत्साह रहनेछैन । पेसा वा व्यपारमा विपरीत परिस्थिति रहनेछ ,त्यसैले उच्च अधिकारीको रिसको सामना गर्नुपर्नेछ । खर्च अधिक हुनेछ । महत्त्वपूर्ण कार्यको लागि कुनै निर्णय नलिनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

प्रत्येक विषयमा सावधानीपूर्वक व्यवहार गर्नुहुनेछ। पारिवारिक सदस्यसँग वाद-विवाद नगर्नुहोला। बोलीमा तथा क्रोधमा ध्यान राख्नुहोला । अधिक खर्च होला । निषेधात्मक तथा अनैतिक कार्यबाट टाढा रहनुहोला । ईश्वरको  स्मरण तथा आध्यात्मिकता लाभदायी हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

वैवाहिक जीवनमा झगडा होला ।  जीवन साथीको स्वास्थ्य बिग्रिन सक्ला । आफ्नो आफन्त तथा व्यापारीसँग सावधानीपुर्वक कम गर्नुहुनेछ । निरर्थक चर्चा वा  विवादमा नपर्नुहोला । अदालती कार्यमा सफलता कम मिल्नेछ । सामाजिक तथा बाह्य क्षेत्रमा  यश मिल्नेछैन ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

स्फूर्ति तथा स्वस्थता अनुभव गर्नुहुनेछ । घरमा  तथा पेसाको स्थलमा वातावरण आनन्दमयी रहनेछ । सहकर्मीको सहयोग मिल्नेछ । रोगी व्यक्तिको स्वास्थ्यमा  सुधार हुनेछ । माईतबाट सामाचार मिल्नेछ ।  कार्य-सम्केपन्नताको कारण यश मिल्नेछ । खर्च साधारण हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन मध्यम फलदायीनको चिन्ताले सताउनेछ। विद्या-अभ्यासमा बाधा आउनेछ । वाद-विवाद वा वौद्दिक चर्चाबाट टाढा रहनुहोला । नयाँ कार्यको आरम्भ नगर्नुहोला। कोहि प्रियजनसँग भेट हुनेछ । मानभंग हुन सक्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शान्तमा दिन बिताउनु हुनेछ । चिन्तामाय मन तथा अस्वस्थ शरीरले तपाई चिन्तित राख्नेछ । आफन्तसँग मनमुटाव हुन सक्छ । आर्थिक हानि होला । कुनै प्रकारको  दस्तावेज गर्न सावधानी अपनाउनु होला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ कार्यको प्रारम्भको लागि दिन शुभ रहेको छ। परिवारसँग बसाई तथा आयोजन हुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ । भाग्य वृद्धि होला । रहस्यवाद तथा आध्यात्मिकतामा  अधिक रस लिनुहुनेछ । कार्य सफलताको दिन रहेको छ । सामाजिक दृष्टिले  मान-सम्मान पाउनुहुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिवारसँग झगडाको प्रसंग नहोस्  यस कुराको ध्यान राख्नुहोला । बोलीमा ध्यान राख्नुहोला । शेयर सट्टामा लगानी नगर्नुहोला । स्वास्थ्य मध्यम रहनेछ । आँखामा पीडा हुनेछ । विद्यार्थिको पढाईमा अधिक ध्यान राख्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन शुभ फलदायी रहेको छ । शारीरिक तथा मानसिकरुपले प्रसन्न रहनुहुनेछ । भौतिक तथा आध्यात्मिक दृष्टिले दिन राम्रो रहेको छ । परिवारसँग बसाईमा  सुरुचिपूर्ण भोजन गर्नुको साथसाथै  उपहार प्राप्त गर्नुहुनेछ । आध्यात्मिक विचारले तपाईको  हृदय एवं मनलाई छुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

लोभ वा  लालचमा नफस्नुहोला । आर्थिक विषयमा निकै सावधानी अपनाउनु पर्नेछ । लगानी गर्नु पूर्ण सोच्नुहोला । शारीरिक स्वास्थ्य  बिग्रन सक्ला । एकाग्रता पनि कम हुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ । परिवारसँग मतभेद खडा हुनेछ

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१९:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज चैत्र १ गते मीन संक्रान्तिको दिन सूर्य मीन राशिमा प्रवेश गर्दै, यी ५ राशि रहनुस् सावधान