काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रह-नक्षत्रले आफ्नो स्थिति परिवर्तन गर्दा ब्रह्माण्डमा थुप्रै दूर्लभ संयोग बन्छन्। जसको सबै १२ राशिमा कुनै न कुनै प्रभाव अवश्यै पर्छ। ज्योतिषाचार्यका अनुसार आजको महाशिवरात्रिमा करिब १०० वर्षपछि शुभ संयोग बनेको छ। जसकारण महाशिवरात्रिको पर्वको महत्व अझ बढेको छ। महाशिवरात्रिमा श्रवण-धनिष्ठा नक्षत्रसँगै शिव योग र सिद्धि योग पनि बनेको छ।
ज्योतिष गणना अनुसार दूर्लभ संयोगको प्रभाव सबै १२ राशिहरुमा पर्छ। आखिर कुन राशिका जातकको जीवनमा शुभ फल प्राप्त हुनेछ र कुन राशिको समस्या हल हुनेछ त हेर्नुहोस् आफ्नो राशिको हाल :
महाशिवरात्रिमा बन्ने दूर्लभ संयोग मा यी राशिमा पर्नेछ शुभ प्रभाव :
वृष राशि – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिको लागि महाशिवरात्रिमा बन्ने दूर्लभ संयोग उत्तम लाभदायक सिद्ध हुनेछ। पारिवारिक समस्या दूर हुनेछन्। घर मूलीको स्वास्थ्यमा सुधार आउनेछ। कमाई बढ्नेछ, जसकारण तपाईको मन प्रसन्न हुनेछ। तपाईको जीवनमा सकारात्मक बदलाव आउने सम्भावना छ। घरेलू सुख-साधनमा बढोत्तरी हुनेछ। लगानी गर्ने वातावरण बन्न सक्छ, जसले गर्दा भविष्यमा भारी मुनाफा मिल्नेछ। व्यापारमा लाभदायक सम्झौता हुन् सक्छ।
मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
आज महाशिवरात्रिमा बनेको दूर्लभ संयोगको कारण व्यापार वृद्दि हुने सम्भावना छ। जसले गर्दा धन लाभको सबै मार्ग खुल्ला हुनेछन्। आर्थिक स्थिति थप मजबूत हुनेछ। कार्यक्षेत्रमा लगातार प्रगति हासिल गर्नुहुनेछ। उच्च ओहदाका अधिकारीले तपाईको कामको प्रशंसा गर्नेछन्। आफ्नो गुप्त शत्रुलाई परास्त गर्न तपाई सफल बन्नुहुनेछ। विद्यार्थीको मन पढाईमा लाग्नेछ। कुनै प्रतियोगात्मक परीक्षामा सफलता मिल्ने योग देखिन्छ। सानातिना व्यापारीको मुनाफामा वृद्धि हुनेछ। तपाईको मन शान्त रहनेछ। पारिवारिक जीवनमा खुशियाली छाउनेछ।
तुला राशि – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
तुला राशि माथि महाशिवरात्रिमा बनेको दूर्लभ संयोगको राम्रो प्रभाव पर्नेछ। तपाई आफ्नो बुद्धिमानीले कठिन भन्दा कठिन कार्य पूरा गर्न सफल हुनुहुनेछ। जागिरमा पदोन्नतिको साथै तलबमा वृद्धि हुने सम्भावना छ। गुप्त शत्रु तपाईलाई हानि पुर्याउने कोशिश गर्छन् तर सफल हुँदैनन्। विद्यार्थीले करियरसँग सम्बन्धित शुभ समाचार पाउनेछन्।
धनु राशि – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
महाशिवरात्रिमा बनेको दूर्लभ संयोगको कारण धनु राशिका जातकलाई आकस्मिक धन लाभ हुनेछ। तपाईले आफ्नो कठिन मेहनतको उचित परिणाम पाउनुहुनेछ। घरेलू आवश्यकताहरु पूर्ति हुनेछन्। बच्चाको प्रगतिको खबरले तपाईको मन प्रसन्न हुनेछ। व्यापारमा लगातार उन्नति प्राप्त हुनेछ। तपाईको आत्मविश्वास अझ बढ्नेछ। सामाजिक दायरा बढ्नेछ। तपाईको राम्रो व्यापारको मानिसहरुले तारिफ गर्नेछन्।
मकर राशि – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
महाशिवरात्रिमा बनेको दूर्लभ संयोगको कारणले मकर राशिको जातकको कामकाजमा भरपूर लाभ मिल्ने सम्भावना छ। दूरसञ्चार माध्यमबाट शुभ समाचार पाउन सक्नुहुन्छ, जसले तपाईको मन हर्षित हुनेछ। परिवारसँग हँसीमजाक र ठट्टा गरेर समय बित्नेछ। यदि कुनै पुरानो वादविवाद चलिरहेको छ भने त्यसको समाधानको उपाय निस्कनेछ। व्यापारमा भारी मुनाफा मिल्नेछ। तपाई कुनै लाभदायक यात्रामा जानसक्नुहुनेछ। मातापितासँग धार्मिक स्थलको यात्रामा जानसक्नुहुन्छ।
कुम्भ राशि – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) :
कुम्भ राशिका मानिसको मन धर्म-कर्ममा बढी रहनेछ। तपाईको भाग्यले तपाईलाई पूरा साथ दिनेछ। महाशिवरात्रिमा बनेको दूर्लभ संयोगको कारणले जागिरमा बढुवा मिल्न सक्छ। उच्च अधिकारीसँग तालमेल बन्नेछ। अचानक धन लाभको अवसर बन्नेछ। आर्थिक स्थिति थप मजबूत हुनेछ। उधारो दिनुभएको पैसा फिर्ता पाउनुहुनेछ। वाहन सुखको प्राप्ति हुन् सक्छ। पसल खोल्ने सपना पूरा हुनेछ। प्रभावशाली मानिसको मार्गदर्शनले करियरमा लगातार अघि बढ्नुहुनेछ।
बाँकी राशिको समय कस्तो रहला ?
मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
मेष राशिमाथि दूर्लभ संयोगको प्रभाव औषत नै रहनेछ। कडा मिहिनेत र सङ्घर्षपछि मात्र तपाईले आफ्नो काममा सफलता हासिल गर्नुहुनेछ। पारिवारिक समस्याबाट केही राहत मिल्नेछ। बिस्तारै-बिस्तारै आर्थिक स्थितिमा सुधार आउनेछ। तपाईले आफ्नो खर्चमा नियन्त्रण गर्नपर्नेछ। भाई-बहिनीसँग सानोतिनो कुराले झगडाको माहोल बन्नेछ। आफ्नो रिस र वाणीमा नियन्त्रण गर्नुहोला। कारोबार ठिक-ठाक चल्नेछ। कुनै पनि यात्राको बेला गाडी चलाउने बेला सतर्क रहनुहोला, अन्यथा घाउचोटपटक लाग्न सक्छ।
कर्कट राशि – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
कर्कट राशिका जातकको समय केही चिन्ताजनक देखिन्छ। भाई-बहिनीको कारणले अझ चिन्ता बढ्नेछ। आफूमाथि नकारात्मक विचारलाई हाबी हुन् नदिनुहोला। जागिरमा केही परिवर्तन आउन सक्छ, जसले गर्दा तपाईको कामकाज केही प्रभावित हुनेछ। तपाईको मनमा अनेक प्रकारका विचारहरु उत्पन्न हुन् सक्छ, जसले गर्दा तपाईले निकै बैचेनी महसुस गर्नुहुनेछ। नयाँ-नयाँ मान्छेसँग मित्रता हुन् सक्छ। परन्तु अन्जान मानिसलाई आवश्यक भन्दा बढी भरोसा नगर्नुहोला। आम्दानी अनुसार आफ्नो खर्चमा नियन्त्रण गर्नुहोला, अन्यथा आर्थिक समस्याको सामना गर्नुपर्नेछ।
सिंह राशि – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
सिंह राशिका जातकको समय उतारचढावपूर्ण रहनेछ। आलस्य बढ्नेछ, जसले गर्दा कामकाजमा ध्यान केन्द्रित गर्न धेरै कठिन हुन्छ। व्यापारको स्थिति खासै राम्रो छैन, घाटा ब्योहोर्नुपर्नेछ। अत्यन्तै जरुरी परियोजना विशेष ध्यान केन्द्रित गर्नुहोला। अचानक खास मानिससँग सम्पर्क हुनेछ, जसले तपाईलाई फाइदा हुनेछ। पारिवारिक जीवन सामान्य रहनेवाला छ। कुनै महत्वपूर्ण काममा पिताको सल्लाह फाइदाजनक साबित हुनेछ।
कन्या राशि – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
कन्या राशका जातकले लामोसमयसम्म भागदौडपूर्ण जीवन व्यतीत गर्नुपर्नेछ। जागिरमा कार्यभार धेरै हुने कारण शारीरीक थकान महसुस हुनेछ। अधिनस्थ कर्मचारीले तपाईलाई सहयोग गर्नेछन्। व्यापारमा लाभको स्थिति बनेको छ। पति-पत्नीबीच कुनै सानो कुराले उत्पन्न गलतफहमीले झगडा गराउन सक्छ। झगडा हुँदा तपाई शान्त बस्नुहोला। धर्म-कर्ममा समय व्यतीत हुनेछ। ईश्वरको भक्तिले तपाईको मन शान्त हुनेछ।
वृश्चिक राशि – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
वृश्चिक राशिका जातकलाई यो दूर्लभ संयोगले मिश्रित फल मिल्नेछ। कार्य, व्यवसायको क्षेत्रमा धेरै तनाव बढ्न सक्छ। जसले गर्दा तपाई निकै चिन्तित बन्नुहुनेछ। बन्दै गरेको काम बिग्रिन सक्छ। आफ्ना सम्पूर्ण कार्य योजनाबद्द पूरा गर्नुहोला। मातापिताबाट पूरा सहयोग मिल्नेछ। मनमा निराशाको बादल छाउनेछ। तपाईले आफूमाथि नकारात्मक विचार हाबी हुन् नदिनुहोला। पति-पत्नीबीच तालमेल बनिरहनेछ। प्रेमी-प्रेमिकाबीचको आत्मीयताले अझ नयाँ रुप लिनेछ।
मीन राशि – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :
मीन राशिका जातकले मध्यम फल प्राप्त गर्नेछन्। उन्नतिको मार्गमा केही बाधाहरु उत्पन्न हुन् सक्छ। इश्वरको भक्तिमा तपाईको मन जानेछ। गुप्त शत्रुले तपाईलाई हानि पुर्याउने कोसिस गर्नेछ। यसकारण तपाई सतर्क रहनुहोला। कुनै पनि प्रकारका वाद-विवादलाई बढावा नदिनुहोला। घर मूलीको स्वास्थ्य अवस्था बिग्रिन सक्छ, तपाईले तपाईलाई चिन्तित बनाउनेछ। कामको सिलसिलामा कसैबाट पनि आश नराख्नुहोला। तपाईले आफ्नो सबै काम तपाई स्वयमले पूरा गर्न पर्नेछ।