अन्ततः एमाले सबै एमालेतिरै फिर्ता हुने, चुनाव चिन्ह सुर्य ☀️

नेपाल समूहले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने

आइतबारको सर्वाेच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेशपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल पक्षले नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको छ ।

सोमबार नयाँ बानेश्वरस्थित होटल अर्यालमा नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच भएको छलफलमाअब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेका हुन्।

सर्वाेच्च अदालतको आदेशलाई सम्मान गर्ने, पार्टीभित्र आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालिएको जनाइएको छ । उक्त बैठक समापनपश्चात हाल प्रचण्ड नेपाल समूहको पेरिसडाँडामा स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित : सोमबार, फागुन २४, २०७७१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय मिडिया, कांग्रेश पार्टी र देउवा भारतको घनिष्ठ मित्र हुन!