६ महिनापछि सोशल मिडियामा रिया, शेयर गरिन् यस्तो भावुक पोस्ट

एजेन्सी : बलिउड अभिनेत्री रिया चक्रवर्ती लामो समयपछि आज अन्तर्राष्ट्रिय नारी दिवसको दिन सामाजिक सञ्जालमा फर्किएकी छिन्। उनी पछिल्लो ६ महिनादेखि सामाजिक सञ्जालबाट गायब भएकी थिईन्। नारी दिवसको दिन रियाले आफ्नी आमाको नाममा एक भावुक पोस्ट शेयर गरेकी छिन्। यो पोस्टपछि उनका फ्यानहरुले उनको न्यानो स्वागत गरेका छन्।  उनले आफ्नी आमा सन्ध्या चक्रवर्तीको हातमा आफ्नो हात राखेको तस्बिर शेयर गर्दै लेखेकी छिन – ‘हामीलाई नारी दिवसको शुभकामना। आमा र म…सधैँ एकसाथ…मेरो तागत…मेरो आस्था…मेरो धैर्यता…-मेरी आमा।’

२७ अगस्ट, २०२० मा शेयर गरेकी थिईन् पछिल्लो पोस्ट

सुशान्त सिंह राजपूतको मृत्युपछि रिया सामाजिक सञ्जालबाट टाढिएकी थिईन्। सुशान्तको मृत्युको ठिक एक महिनापछि उनी सामाजिक सञ्जालमा फर्किएकी थिईन् तर उनले शेयर गरेको पोस्टको कारण उनी नराम्ररी ट्रोलको शिकार भएकी थिईन्।

सन् २०२० अगस्ट २७ मा उनले एक भिडियो पोस्ट गरेकी थिईन्, जसमा घर बाहिर रहेको मिडियाको भीडलाई देखाईएको थियो। र त्यो भीडप्रति उनले आपत्ति जनाएकी थिईन्। भिडियो शेयर गर्दै उनले क्याप्सनमा आफ्नो परिवारलाई घरबाट बाहिर निस्कन र अनुसन्धान विभागसँग सहकार्य गर्न गाह्रो हुनुको साथै सुरक्षा खतरा भएको लेखेकी थिईन्।

 

View this post on Instagram

 

A post shared by Rhea Chakraborty (@rhea_chakraborty)

प्रकाशित : सोमबार, फागुन २४, २०७७१७:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बोल्ड तस्बिर शेयर गरी रश्मिले भनिन् – ‘हामीमा पुरुषको जीवनमा कब्जा गर्ने शक्ति हुन्छ।’