एजेन्सी : अभिनेत्री रश्मि देसाई प्राय: आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा रहन्छिन्। उनको फेशन सेन्स सधैँ चर्चाको केन्द्रमा रहन्छ। हालै रश्मिले महिला दिवसमा हट फोटोशूट गरेकी छिन्।
ती फोटोशूटको तस्बिर शेयर गरी रश्मिले नारी शक्तिबारे अहम सन्देश प्रवाह गरेकी छिन्। लुकको कुरा गर्ने हो भने रश्मि पिंक कलरको डिपनेक कोट र स्कर्टमा देखिएकी छिन्। रश्मिले मिनिमल मेकअप, पिंक लिपस्टिक र पोनीबाट आफ्नो लुकलाई कम्प्लिट गरेकी छिन्।
रश्मिले आफ्नो तस्बिर शेयर गर्दै लेखेकी छिन् – ‘महिलामा केही त खास हुन्छ, जसले एक पुरुषको जीवनलाई कब्जा जमाउन सक्छन् । यसको लागि एक अनुग्रह, शक्ति, बौद्दिकता, निडरता र जवाफमा कहिलेपनि नो सुन्न नपर्ने तागत चाहिन्छ। अन्त्यमा हामी महिला यस समाजको वास्तविक शिल्पकार हुन्। सबै प्यारा महिलाहरुलाई महिला दिवसको हार्दिक शुभकामना।’
रश्मि सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। पछिल्ला दिनहरुमा उनले आफ्ना सुन्दर र लोभलाग्दा तस्बिरहरु शेयर गर्दै आईरहेकी छिन्। कामको कुरा गर्ने हो भने रश्मि अन्तिम पटक सिरियल नागिन ४ मा देखा परेकी थिईन्।