एजेन्सी : बलिउडको देसी गर्ल प्रियंका चोपडाले केही समय अघि न्युयोर्क सिटीमा रेस्टुरेन्ट बिजनेस सुरु गरेकी थिईन्। प्रियंकाले आफ्नो इन्डियन रेस्टुरेन्टको नाम ‘सोना’ राखेकी थिईन्, जहाँ इन्डियन डिशहरु पाइन्छ। सामाजिक सञ्जालबाट अभिनेत्री प्रियंकाले नयाँ बिजनेस सुरु गरेको जानकारी दिएकी थिईन् । प्रियंका चोपडा भन्दा अगाडी अरु थुप्रै बलिउड अभिनेत्रीले पनि बिजनेसमा हात हालिसकेका छन्।
दीपिका पादुकोण(Deepika Padukone) : दीपिका पादुकोणको पहिल्यैदेखि क्लोदिङ बिजनेस छ। दीपिकाले सन् २०१५ मा मिन्त्रासँग कोलाबोरेशन गरी आफ्नो क्लोदिङ ब्राण्ड ‘अल अबाउट यु’ को सुरुवात गरेकी थिईन्। यो भन्दा अघि पनि दीपिकाले सन् २०१३ मा वान हुसैनसँग पार्टनरमा वुमेन फेशन ब्राण्ड सुरु गरेकी थिईन्। आफ्नो सोशल मिडिया प्लाटफर्ममा उनी आफ्नो क्लोदिङ ब्राण्डको प्रोमोसन गरिरहन्छिन्।
शिल्पा शेट्टी(Shilpa Shetty) : लामो समयदेखि फिल्ममा काम नगरेकी शिल्पा शेट्टीले आफ्नो रेस्टोरेन्ट बिजनेसबाट राम्रो कमाई गरिरहेकी छिन्। यस बाहेक उनको स्पा र बारको बिजनेस पनि छ। केही महिना अघि शिल्पाले मुम्बईको वर्लीमा बेस्टियन चेन नामको रेस्टोरेन्ट खोलेकी थिईन्। यस बाहेक शिल्पा आइपिएल टिम राजस्थान रोयल्सको मालिक्नी पनि हुन्।
आलिया भट्ट(Alia Bhatt) : बलिउड अभिनेत्री आलिया भट्ट सधैँ स्टार्टअपमा इन्भेस्ट गर्छिन्। सन् २०१३ मा आलियाले मानिसहरुका स्टाइलको लागि क्राकर नामको स्टार्टअपको सुरुवात गरेकी थिईन्। यस बाहेक सन् २०२० मा आलियाले आफ्नो नयाँ कम्पनीको सुरुवात गरेकी थिईन्, जसको नाम एड-ए-मम्मा(Ad-E-Mamma) हो। यो एक किड्स फेशन ब्राण्ड हो जसमा ४-१२ वर्षका बच्चाहरुलाई आवश्यक पर्ने सामानहरु उपलब्ध छन्।
कट्रिना कैफ(Katrina Kaif) : टाइगर जिन्दा है र भारत जस्ता सफल फिल्महरुमा अभिनय गरिसकेकी अभिनेत्री कट्रिना कैफ एक सफल बिजनेसवुमेन हुन्। उनले सन् २०१९ मा आफ्नो ब्युटी ब्राण्ड लन्च गरेकी छिन् जसको नाम ‘के ब्युटी(Kay Beauty)’ हो। यसको लागि कट्रिनाले मेकअप ब्राण्ड नायका(Nykaa) सँग टाईअप गरेकी थिईन्। कट्रिनाले पहिलेदेखि नै बिजनेसको तयारी गरिरहेकी थिईन्। कट्रिनाको मेकअप ब्राण्डसँग छुट्टै लगाव रहेको छ।
सुष्मिता सेन(Sushmita Sen) : वेब सिरिज आर्याबाट सफल कमब्याक गरेकी अभिनेत्री सुष्मिता सेनको अभिनयबाट बाहेक बिजनेसबाट पनि तगडा कमाई गर्छिन्। उनको ज्वेलरी बिजनेस हाल उनको आमाले सम्हालिरहेकी छिन्। यसको साथै सुष्मिताको आफ्नै प्रोडक्सन हाउस पनि छ, जसको नाम तन्त्र इन्टरटेन्मेन्ट हो। बङ्गाली ब्युटीको नामले परिचित सुष्मिताको मुम्बईमा एक रेस्टोरेन्ट पनि छ, जहाँ बङ्गाली डिश पाइन्छ।
सोनम कपूर(Sonam Kapoor) : अभिनयले भन्दा बढी आफ्नो फेशन सेन्सको कारण चर्चामा रहने अभिनेत्री सोनम कपूरले आफ्नी बहिनीसँग मिलेर कपडाको बिजनेस सुरु गरेकी छिन्। उनको फेशन ब्राण्डको नाम रिहसोन हो, जसमा डिजाइनरका कपडा, ज्वेलरी र फुटवेयरहरु पाइन्छ।
करिश्मा कपूर(Karisma Kapoor) : फिल्मी दुनियाँबाट टाढा रहेकी करिश्मा कपूरको आयको श्रोत बिजनेस हो। उनी बेबी क्लोदिङको स्टोर चलाउँछिन्, जहाँ साना बच्चाहरुका सम्पूर्ण सामानहरु पाइन्छ।
लारा दत्ता(Lara Dutta) : बलिउड अभिनेत्री तथा फर्मर मिस युनिभर्स लारा दत्ताले आफ्नो सारी ब्राण्ड लन्च गरेकी छिन्। उनले सारीको पपुलर ब्राण्ड छाबडा ५५५ सँग टाईअप गरेकी छिन्। यसको साथै उनले आफ्नो परफ्युम लाइन पनि लन्च गरेकी छिन्। लाराको आफ्नै प्रोडक्सन कम्पनी ‘भिगी बसन्ती’ पनि छ।
ट्विंकल खन्ना(Twinkle Khanna) : विवाह पछि फिल्मी क्षेत्रबाट टाढिएकी ट्विंकल खन्ना अहिले किताब लेखेर चर्चाको केन्द्रमा छिन्। उनले लेखेको किताब मिसेज फनी बोन्स र द लेजेण्ड अफ लक्ष्मी प्रसाद पाठकले निकै मन पराएका छन्। यस बाहेक ट्विंकल पार्टनरशिपमा इन्टेरियर डिजाइनिङको बिजनेस पनि गर्छिन्। ट्विंकलको बिजनेस पार्टनर उनको साथी गुरलीन मनचंदा हुन्। ट्विंकलले अक्षयकुमारको हिट फिल्म ‘प्याडम्यान’ प्रोड्युस गरेकी हुन्।
अनुष्का शर्मा(Anushka Sharma) : केही वर्ष अघि नै बलिउड अभिनेत्री अनुष्का शर्माले नुश(Nush) नामको क्लोदिङ लाइन सुरु गरेकी थिईन्। यस बाहेक अनुष्काले आफ्नो भाईसँग मिलेर क्लीन स्लेट फिल्म प्रोडक्शन हाउस पनि सुरु गरेकी थिईन्। यस प्रोडक्शन हाउसबाट अहिलेसम्म एकएच१०, फिल्लौरी र परी जस्ता फिल्म प्रोड्युस भईसकेका छन्। यस प्रोडक्शन हाउसको वेब सिरिज पाताललोक पनि दर्शकले अत्यधिक मन पराएका थिए।
सनी लियोन(Sunny Leone) : बलिउडको क्युट आइटम गर्ल सनी एउटा मात्र नभई दुई-दुई वटा बिजनेस सम्हाल्छिन्। वयस्क चलचित्रमा समेत काम गरिसकेकी अभिनेत्री सनी एक अनलाइन एडल्ट स्टोर चलाउँछिन्, जुन उनले सन् २०१३ मा सुरु गरेकी हुन्। यो भारतको पहिलो लिगल एडल्ट स्टोर हो।