काठमाडौँ – हिजो बढेको सुनको मूल्य नेपाली बजारमा आज घटेको छ। महिनाको शुरुवातबाटै घट्न थालेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले घटेको छ। यस गिरावटसँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ८६ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार रुपैंयाँले घटेको छ। जसपश्चात नेपाली बजारमा तेजाबी दुनको मूल्य ८६ हजार ५० कायम भएको छ।
सुनको मूल्य यस वर्षकै सस्तो
बिहिबार कायम भएको सुनको मूल्य यस वर्षकै सस्तो रहेछ छ। कोरोना भाइरस संक्रमण महामारी पछि सरकारले लगाएको लकडाउन पश्चात सुनको कारोबार जेठ २५ गतेबाट मात्रै खुला भएको थियो। सुनको कारोबार खुला भएको पहिलो दिननै सुनको मूल्य ८७ हजार ४ सय तोकिएको थियो।
त्यसयता लगातार बढ्दै सुनको मूल्यले इतिहाँसकै महँगो मूल्य कायम गरेको थियो। साउन महिनामा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैंयाँ सम्ममा पुगेको थियो। तर पहिल्ला केहि दिनहरुमा अन्तराष्ट्रिय बजारमै सुनको मूल्य घटेपछि नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ।
चाँदीको मूल्य
बिहिबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज एकैदिन तोलामा रु ३० ले घटेको छ। नेपाली बजारमा आज चाँदी १ हजार २ सय ८५ मा कारोबार भइरहेको छ।