अब चिच्याएर वा गीत गाएर नै कोरोना टेस्ट गर्न सकिने

एजेन्सी : कोरोना जाँचको दर्दनाक तरिकाबाट अब छिट्टै छुटकारा मिल्नेछ। नेदरल्याण्डको एक वैज्ञानिकले कोरोनाको जाँचको नयाँ तरिका खोजेका छन्, जुन पुरानो भन्दा बिल्कुलै अलग र निकै छिटो पनि छ। नयाँ तरिकाबाट कोरोना टेस्ट गर्न तपाईले बस् एक क्याबिनमा गई बेस्सरी चिच्याउने या गीत गाउँदा हुन्छ। तपाईको नाक र मुखबाट स्याम्पल लिन आवश्यक हुँदैन।

नयाँ कोरोना टेस्ट(Screaming Covid Test) को तरिका खोज्ने वैज्ञानिकको नाम पिटर व्यान वीस(Peter Van Wees) हो। पिटरका अनुसार, कोरोना भाइरस टेस्टको लागि एयरलक्ड क्याबिनमा चिच्याउन या गीत गाउन पर्दछ। एक इन्डस्ट्रियल एयर प्युरिफायरले मुखबाट निस्केका छिटाहरुलाई जम्मा गर्छ, जुन कोरोना भाइरस टेस्ट गर्नलाई प्रयोग गरिन्छ।

वैज्ञानिक पिटरले भने, ‘यदि कुनै व्यक्ति कोरोना सङ्क्रमित छ भने बेस्सरी चिच्याउँदा तिनको मुखबाट १० हजार पार्टिकल्स निस्किन्छन्। त्यहीँ पार्टिकल्सबाट कोरोना भाइरसको जाँच गरिन्छ।’ वैज्ञानिक पिटरले नेदरल्यान्ड्सको एम्सटर्डममा कोरोना टेस्टिङ सेन्टरको नजिक आफ्नो बुथ राखेका छन्, जहाँ चिच्याएर या गीत गाएर कोरोनाको जाँच भईरहेको छ।

नयाँ तरिकाबाट कोरोना टेस्ट गराउँदाको अनुभव
चिच्याएर या गीत गाएर कोरोना टेस्ट गराएका सोरोयाले सञ्चारमाध्यमसँग कुरा गर्दै यो तरिका अत्यन्तै सरल भएको बताए। यसरी टेस्ट गराउँदा दर्द पनि नहुने उनले बताए। उनको कोरोना टेस्टमा रिपोर्ट नेगेटिभ आएको थियो।

कोरोना टेस्ट गर्न लाग्छ जम्मा यति समय
वैज्ञानिक पिटरले कोरोना टेस्टको यस प्रक्रियामा जम्मा ३ मिनेट समय लाग्ने बताए। स्याम्पलमा कोरोना भाइरस छ या छैन भनेर जाँच्न न्यानोमिटर-स्केल साइजिङ डिभाइसको प्रयोग गरिन्छ।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लगातार ओरालो लागेको सुनको मूल्य आज एक्कासि बढ्यो