एजेन्सी : बलिउड फिल्म इन्डस्ट्रीमा केही यस्ता स्टारहरु छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन्। बलिउडका केही चर्चित अभिनेताहरु कमल हसन, धर्मेन्द्र, सैफ अली खान, मिथुन चक्रवर्ती, आमिर खान आदिले जेठी श्रीमतीलाई डिभोर्स दिएँर कान्छी ल्याउने काम गरेका हुन्। बलिउड फिल्म जगतमा अफेयर, विवाह र वैवाहिक सम्बन्धविच्छेद जस्ता कुराहरु सामान्य भएका छन्।

अधिकांसजसो मानिस पहिला प्रेम गर्छन् अनि वैवाहिक बन्धनमा बाँधिन्छन् र केही वर्षमै छोडपत्र गर्छन् त कोही लामो समयपछि पनि वैवाहिक बन्धन तोड्छन्। यी बलिउड स्टारहरुलाई एउटा वैवाहिक बन्धन तोडेर अर्को वैवाहिक बन्धनमा बाँधिनु कुनै ठुलो हैन। त्यस्तै केही यस्ता स्टारहरु पनि छन् जो विवाहित भएर पनि प्रेममा पर्छन् र दोस्रो विवाह गर्नको लागि आफ्नो धर्मसम्म बदल्छन्।

खैर, तपाईले बलिउडमा यस्ता थुप्रै प्रेमका किस्साहरु सुन्नु भएको होला जसमा बलिउड स्टार एकपटक नभई कैयनपटक प्रेममा पर्छन् र केही समयपछि त्यस सम्बन्धलाई तोडी नयाँ सम्बन्ध गाँस्छन्।

तर आज हामी तपाईलाई बलिउडका एक यस्ती अभिनेत्रीको बारेमा बताउँदै छौ जसले एकपटक हैन चार-चार पटक विवाह गरिन्। हामी चर्चा गरिरहेका छौं पाकिस्तानी मूलकी अभिनेत्री जेबा बख्तियारको बारेमा। फिल्म ‘हिना’ मा तपाईले यिनलाई ऋषि कपूरसँग पक्कै देख्नु भएको होला। यहीं फिल्मबाट उनले बलिउडमा कदम राखेकी थिईन्, जुन १९९१ मा रिलिज भएको थियो।

यहीं फिल्मले उनलाई बलिउडमा छुट्टै पहिचान दिलाएको थियो। जसपछि जेबा बलिउड फिल्म ‘देशवासी’, ‘मोहब्बत की आरजू’, ‘जय विकरांता’ र ‘सरगम’ जस्ता फिल्महरुमा प्रमुख भूमिकामा देखिईन्। उनको फिल्मी करियर ठिकठाक चलिरहेको थियो तर उनी अचानक गायब भईन्।

जेबाको सबैभन्दा पहिलो विवाह सलमान वालीयानीसँग भएको थियो। जेबा र सलमानको एक छोरी पनि थिईन् तर यी दुईबीचको सम्बन्ध लामो समयसम्म टिकेन। विवाहको दुई वर्ष पछि नै जेबा र सलमानको सम्बन्ध विच्छेद भएको थियो।

सलमानसँग छोडपत्र गरेको केही वर्ष पछि नै उनले दोस्रो विवाह गरिन्। जेबाले दोस्रो विवाह बलिउडको नाम चलेका गायक अदनान सामीसँग गरेकी थिईन्। अदनान र उनको मिलनबाट एक पुत्र लाभ भएको थियो तर पहिलो विवाह जस्तै उनको यो विवाह पनि लामो समयसम्म टिकेन। विवाह भएको केही वर्ष पछि नै जेबा र अदनानले सम्बन्ध विच्छेद गरे।

अदनानसँग सम्बन्धविच्छेद भएपछि जेबाले तेस्रोपटक विवाह गरिन् बलिउड अभिनेता जावेद जाफरीसँग। तर जेबाले कहिले पनि यस विवाहलाई स्वीकारेनन्। उनी सधैंजसो यस विवाहलाई इन्कार गरिरहिन्। तर जावेद जाफरीले आफ्नो र जेबाको विवाहको प्रमाण पत्र सार्वजनिक गरेपछि जेबाको बोली बन्द भयो। यद्यपि जेबाको तेस्रो विवाह पनि पहिलो र दोस्रो विवाह जस्तै नै भयो। जावेदसँग विवाह भएको केही समयपछि नै उनले सम्बन्धविच्छेद गरिन्।

तेस्रो विवाह पनि लामो समय नटिकेपछि जेबा पाकिस्तान फर्किन् । पाकिस्तान पुगेर जेबाले फेरि पनि घरजम गरिन्। उनले चौथो विवाह पाकिस्तानका सोहेल खान लेगारीसँग गरेकी हुन्। अहिले सुखमय वैवाहिक जीवन बिताईरहेकी छिन्।


