‘आशिकी २’ बाट रातारात स्टार बनेकी थिईन् श्रद्धा, नेपाली फोटोग्राफरसँग बिहे हुने हल्ला

एजेन्सी : बलिउडको सबैभन्दा सुन्दर अभिनेत्री मध्ये एक श्रद्धा कपूरको आज जन्मदिन हो। आज ३ मार्चको दिन अभिनेत्री श्रद्धा आफ्नो ३४ औँ जन्मदिन सेलिब्रेट गरिरहेकी छिन्। तर अहिले पनि उनी २२ वर्षको बढी उमेरकी देखिदैन्। अभिनेत्री श्रद्धाले बलिउड फिल्म इन्डस्ट्री कम समयमै आफ्नो एक छुट्टै पहिचान बनाएकी छिन् र लाखौँ मानिसहरुका दिलको धड्कन बनेकी छिन्। आज श्रद्धाको जन्मदिनको अवसरमा उनको जीवनसँग जोडिएका केही खास कुराहरु लिएर आएका छौँ….

श्रद्धा कपूरले आफ्नो फिल्मी करियरको सुरुवात सन् २०१० मा फिल्म ‘३ पति’ बाट गरेकी थिईन्, तर उनको यो पहिलो फिल्म फ्लप भयो। त्यसपछि श्रद्धा ‘लव का द एन्ड’ मा देखिईन्। यस फिल्ममा श्रद्धाले टिनएजको भूमिका निभाएकी थिईन्। यस फिल्ममा उनको अभिनयलाई दर्शकहरुले असाध्यै मन पराएका थिए र उनले वाहवाही पाएकी थिईन्।

त्यसपछि श्रद्धा सन् २०१३ मा मोहित सूरीको फिल्म ‘आशिकी २’ मा देखिईन्। यस फिल्ममा उनको भूमिकाले उनलाई रातारात सुपरस्टार बनाईदियो। उनको क्रेज पनि ह्वात्तै बढ्यो। फिल्मका गीतहरु पनि सुपरहिट भए।

त्यसपछि श्रद्धाले एक भिलेन, ओके जानू, हाफ गर्लफ्रेन्ड र बागी लगायत थुप्रै फिल्ममा अभिनय गरिन्।

यो कुरा कसैको माझबाट पनि लुकेको छैन कि श्रद्धा कपूर कुशल अभिनेत्रीको साथै एक राम्रो डान्सर र सिङ्गर पनि हुन्।

पर्सनल लाइफको कुरा गर्ने हो भने श्रद्धाले कहिले पनि आफ्नो पर्सनल लाइफ बारे खुलेर कुरा गर्दिनन्। तर उनी आफ्नो अफेयर्सको कारण प्राय:जसो चर्चामा रहन्छिन्।

अहिलेसम्म श्रद्धाको नाम वरुण धवन र आदित्य रोय कपूर, फरहान अख्तर जस्ता स्टार्ससँग जोडिएको छ। तर यी सबै स्टार्ससँगको अफेयर्सको खबर खबरमै सीमित रह्यो।

अहिले श्रद्धा नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठलाई डेट गरिरहेको खबर छ । दुवैले एक-अर्कालाई लामो समयदेखि चिन्छन्। उनीहरु  बाल्यकाल देखिकै मिल्ने साथी हुन् । केही समय अघि अभिनेत्री श्रद्धा कपूर र रोहन श्रेष्ठबीच बिहे हुने हल्ला शुरु भएको थियो। जुन कुराको श्रद्धाका बुवा शक्ति कपूरले खण्डन गरेका थिए।  श्रद्धा कपूरको आगामी प्रोजेक्ट्सको कुरा गर्ने हो भने श्रद्धासँग अहिले स्त्री-२, नागिन जस्ता फिल्म छ। यस बाहेक श्रद्धा लव रञ्चनको फिल्ममा पनि देखिनेछिन्, जसमा उनी रणबीर कपूरसँग स्क्रिन शेयर गर्नेछिन्।

प्रकाशित : बुधबार, फागुन १९, २०७७१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुस्लिम परिवारमा जन्मिएका थिए बलिउडका यी चर्चित ५ अभिनेत्री, चौथोको नाम पढेर पर्नुहुनेछ अचम्म !