यी ६ दिनहरुमा कहिले पनि शारीरिक सम्बन्ध राख्न हुँदैन

शारीरिक सम्पर्क मानिसको एउटा अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्दा वा यसलाई व्यवस्थापन गर्दा हामीले निकै ख्याल गर्नुपर्ने हुन्छ । एउटा सानो सावधानी अपनाउँदा ठूलो समस्याबाट जोगिन सकिन्छ । सामान्य लाग्ने लापरवाहीले पनि हाम्रो शरीरमा गम्भीर संकट निम्त्याउन सक्दछ ।

ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार हरेक महिनाका यी दिनहरुमा शारिरिक सम्बन्ध राख्नु उपयुक्त हुँदैन। आज हामी तपाईहरुलाई पति पत्नी बीच शारिरिक सम्बन्ध राख्न नहुने केही दिनहरु बताउन जाँदै छौँ।

औंसी : हरेक महिनाको औंसीको दिन श्रीमान श्रीमती बीच शारिरिक सम्बन्ध राख्न जीवनमा नकारात्मक असर पर्ने गर्छ। धर्मशास्त्रका अनुसार यस दिन सम्भव भएसम्म पति पत्नी सँगै सुत्नु समेत हुँदैन।

पूर्णिमा: औंसीको दिनजस्तै पूर्णिमाको रात पनि हरेक दम्पति एक अर्काबाट टाढा बस्नु उत्तम हुनेछ। यस दिन शारिरिक सम्बन्ध राख्नु अशुभ हुने र जीवनमा विभिन्न संकटहरु सामना गर्नुपर्ने हुन्छ।

बर्तको दिन : यदि पति वा पत्नी मध्य कसैले दिनभर बर्त लिएको अवस्थामा त्यस रात शारिरिक सम्बन्ध राख्नु हुँदैन।

संक्रान्ति : हरेक महिनाको संक्रान्तिको रात शारीरिक सम्बन्ध राख्नु अशुभ मानिन्छ। यस दिन पनि पति पत्नी टाढानै बस्नु उत्तम हुने कुरा
धर्मशास्त्रमा उल्लेख गरिएको छ।

श्राद्ध: एक्भाक्ति र श्राद्धको दिन समेत शारिरिक सम्बन्ध राख्नु हुँदैन। यी २ दिन पनि पति पत्नी एक अर्काबाट टाढानै रहनुपर्छ।

चतुर्थी र अष्टमी: धर्मशास्त्रका अनुसार चतुर्थी र अष्टमी तिथिमा समेत पतिपत्नी बीच शारिरिक सम्बन्ध राख्नु हुँदैन। यस दिन शारिरिक सम्बन्ध राख्दा वैवाहिक जीवनमा विभिन्न बाधा अड्चन आइपर्न सक्ने हुँदा यी कुराहरुमा सचेत रहन अवाशय्क हुन्छ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी भारतीय खेलाडीसँग पनि छ आफ्नै निजी प्लेन, प्लेनमै गर्छन् पार्टी