एजेन्सी : तपाईलाई थाहै होला बलिउड सेलिब्रेटीज अमिताभ बच्चन, सलमान खान, शाहरुख खान र अक्षय कुमारसँग आफ्नै प्राइभेट प्लेन छ। तर तपाईलाई यो कुरा थाहा नहुन् सक्छ कि भारतीय क्रिकेट जगतका खेलाडीसँग पनि आफ्नै प्राइभेट प्लेन छ। भारतमा क्रिकेटलाई पहिलो स्थान दिईएको छ। क्रिकेट खेलमाआबद्द खेलाडीले राम्रो कमाई गर्छन्। एउटा म्याचको लागि एक खेलाडीले करौडौं रुपैयाँसम्म लिन्छन्। कहिले भारत-इङ्गल्याण्ड, त कहिले भारत-अस्ट्रेलिया या इन्डियन प्रिमियर लिग(आइपिएल) म्याच भईरहन्छन्। यी बाहेक अन्य विविध क्षेत्रहरुबाट पनि कमाई भईरहन्छ।
यी भारतीय खेलाडी जसले आफ्नै प्राइभेट प्लेन खरिद गरे।
कपिल देव
कपिल देव भारतीय क्रिकेटका पूर्व कप्तान भइसकेका छन् । उनले आफ्नो कप्तानीमा भारतलाई सन् १९८३ क्रिकेट विश्वकप जिताएका थिए । उनको जीवनमा बयोपिक बन्ने तरखरमा छ । बलिउड खबरअनुसार अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गर्नेछन्। भारतीय मिडिया रिपोर्ट अनुसार कपिल देवसँग पनि आफ्नै निजी प्लेन छ।
सचिन तेन्दुलकर
विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिने मास्टर ब्लास्टर सचिनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले क्रिकेट दुनियाँबाट सन्यास लिईसकेका छन्। सचिन तेन्दुलकरसँग आफ्नै निजी प्लेन छ, जसको मूल्य करिब २६० करोड भारतीय रुपैयाँ पर्छ। वरुण धवनले सचिनसँगको एक तस्बिर शेयर गरेका थिए, जहाँ उनले प्लेनमा लस्सी पार्टी गरेका थिए। यो तस्बिर सामाजिक सञ्जालमा खुब भाइरल भएको थियो।
महेन्द्र सिंह धोनी
भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी सुपर बाइक्स असाध्यै मन पराउँछन्। उनले आफ्नो घरमा एक से एक बाइक जम्मा गरेर राखेका छन्। र उनीसँग आफ्नै निजी प्लेट पनि छ।
विराट कोहली
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको आयको श्रोत क्रिकेट मात्र हैन। उनले विज्ञापनबाट पनि मोटो रकम लिन्छन्। केही समय अघि उनको पनि आफ्नै निजी प्लेन भएको कुरा बाहिरिएको थियो।
अभिनेत्री अनुष्का शर्माले उक्त प्लेनमा बसेको तस्बिर शेयर गरेकी थिईन्। उक्त प्राइभेट प्लेनको मूल्य करिब १२५ करोड भारतीय रुपैयाँ भएको बताईएको छ।