अध्ययनले गर्यो दाबी : मोटा मानिसमा कोरोनाको यो भ्याक्सिन कम असरदार

एजेन्सी : कोरोना भाइरसबाट लाग्ने कोभिड-१९ सँगै दुनियाँभरमा एक अर्को समस्याले पनि महामारीको रुप लिईरहेको छ, त्यो हो मोटोपनको समस्या। मोटोपनलाई क्यान्सर, टाइप-२ डायबिटिज र हृदय रोग जस्ता बिमारीको प्रमुख जोखिम कारकको रुपमा लिईन्छ। हालसम्म कोरोना भाइरसबारे जति पनि रिसर्च भएका छन् तिनले मोटोपनको समस्यालाई कोभिड-१९ को लागि पनि प्रमुख जोखिम कारक मानेको छ। यानी कि जो मानिस मोटोपनको शिकार बनेका छन् तिनलाई यदि कोरोना सङ्क्रमण भएमा सङ्क्रमणले गम्भीर रुप लिने खतरा धेरै हुन्छ।

फाइजरको भ्याक्सिन मोटा मानिसका लागि कम असरदार

नयाँ कोरोना भाइरस सार्स-सिओभी-२(Sars-cov-2) बाट बच्नको लागि दुनियाँभरमा खोप कार्यक्रम(Vaccination) सुरु भएको छ। स्वास्थ्य सेवा र अन्य इमर्जेन्सी सेवामा संलग्न फ्रन्टलाइन वर्कर्स, जेष्ठ नागरिकलाई भ्याक्सिनेसनमा पहिलो प्राथमिकता दिइएको छ। यसै बीच एक नयाँ अध्ययन अनुसार Pfizer/BioNTech को भ्याक्सिन मोटोपनाको समस्याबाट ग्रसित मानिसहरुलाई कोभिड-१९ बाट सुरक्षित राख्न कम असरदार छ।

मोटा मानिसको शरीरमा बन्यो केवल आधा एन्टिबडिज

रोमका अनुसन्धानकर्ताले यस बारेमा एक रिसर्च गरे जुन प्रि-प्रिन्ट सर्वर Medrxiv मा प्रकाशित गरिएको छ। यस अध्ययनमा २४८ स्वास्थ्यकर्मीलाई फाइनल डोज दिई ७ दिनसम्म नजर राखियो। मोटा स्वास्थ्यकर्मीलाई इन्जेक्सनको दोस्रो डोज लगाउँदा पनि तिनको शरीरमा सामान्य वजन भएका मानिसको तुलनामा केवल आधा एन्टिबडिज मात्र निर्माण भयो। अध्ययनमा भ्याक्सिनको क्षमता र प्रभावकारितालाई मध्यनजर गर्दै यसको मतलब के हुन्छ भनेर हालै निष्कर्ष निकाल्न नमिल्ने बताईएको छ।

मोटोपनको कारण कोभिडबाट मृत्युको खतरा ५० प्रतिशत बढी

यो भन्दा अघि सन् २०२० मा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका शोधकर्ताले एक अध्ययन गरेका थिए। अध्ययनले मोटोपन(बीएमआई ३० भन्दा बढी) को कारण कोभिड-१९ सङ्क्रमित मानिसको मृत्युको खतरा ५० प्रतिशत भन्दा बढी भएको र अस्पतालमा भर्ना हुने खतर ११३ प्रतिशत हुने देखाएको थियो। मोटोपनबाट ग्रसित मानिसमा टाइप २ डायबिटीज, हर्ट डिजिज लगायतका समस्या हुनु यसको प्रमुख कारण हो। साथै शरीरको अतिरिक्त फ्याटले इन्सुलिन रेजिस्टेन्स र इन्फ्लेमेसन बढाउँछ, जसकारण शरीरलाई सङ्क्रमणसँग लड्न मुश्किल हुन्छ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सादगी जिन्दगी बिताउँछन् अर्बपति रतन टाटा, यस्तो छ उनको घर