सादगी जिन्दगी बिताउँछन् अर्बपति रतन टाटा, यस्तो छ उनको घर

एजेन्सी : रतन टाटा एक यस्ता व्यक्ति हुन्, जो अरबौँ सम्पत्तिको मालिक भएर पनि सादगी जीवन बिताउँछन्। उनी टाटा सन्स, टाटा ग्रुपको पूर्व चेयरमेन हुन्। उनले टाटा ग्रुपमा काम गर्न सुरु गर्दा उनी धेरै जवानै थिए। उनले जुनसुकै कम्पनी ज्वाईं गर्न सक्थे तर उनले आफ्नै कम्पनी रोजे। उनले आफ्नो कडा मेहनत र लगनले टाटा कम्पनीलाई ५० प्रतिशत ठुलो बनाए। टाटा कम्पनीले पिन देखि प्लेनसम्म, सबै चीज बनाउँछ।

उनको सफलताको राज 

उनको मान्यता छ कि कुनै पनि फैसला बिजनेसको लागि नोक्सानदायक हुँदैन। उनी भन्छन – ‘म सही निर्णय लिने भन्ने कुरामा विश्वास गर्दिन, म निर्णय लिन्छु र त्यसलाई सही बनाउँछु।(I don’t believe in taking the right decisions, I take decisions and then make them right)’  यहीँ फर्मुलालाई फलो गर्दै उनी अहिले दुनियाँको सबैभन्दा धनी व्यक्तिहरुका सूचीमा सूचीकृत भएका छन्।

कोरोना संक्रमणकालमा सहयोग 

उनी निकै दयालु छन्। भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहँदा उनले ठुलो उदारता देखाएका थिए। मानिसहरुलाई आर्थिक रुपमा सहयोग गर्न उनी अग्रपंक्तिमा आएका थिए। उनले करौडौं रुपैयाँ दान दिएका थिए।

यस्तो घरमा बस्छन् रतन टाटा

भारतको मुम्बई स्थिति कोलाबामा रतन टाटाको ३ फ्लोरको बङ्गला रहेको छ। सबै फ्लोरलाई दुई भागमा विभाजन गरिएको छ। यस बङ्गलामा १०-१२ वटा गाडी पार्क गर्ने व्यवस्था छ। रतन टाटाको यो घर बम्बे हाउसबाट मात्र २० मिनेटको दूरीमा रहेको छ।

लिभिङ रुम, प्राइभेट बेडरुम, किचेन, मिडिया रुम र जिम पनि रहेको छ। बङ्गला भित्र एक सुन्दर मन्दिर पनि छ। घरको भित्ता सेतो रङ्गले पेन्ट गरिएको छ। टप फ्लोरमा पाहुनाहरु बस्ने व्यवस्था गरिएको छ, जहाँ ५० भन्दा बढी मानिसहरु बस्न सक्छन्।

फर्स्ट फ्लोरमा लिभिङ एरिया, दुई बेडरुम र स्टडी रुम छ। दोस्रो फ्लोरमा तीन बेडरुम, लिभिङ रुम र लाइब्रेरी छ। र तेस्रो फ्लोरमा मिडिया रुम, जिम र एक बेडरुम हैटप फ्लोरमा पाहुनाका लागि बस्ने व्यवस्था गरिएको छ, जहाँ ५० भन्दा बढी मानिसहरु आरामले बस्न सक्छन्।

दोस्रो तर्फ स्विमिङ पूल, लाउन्ज र सन डेक छ। रतन टाटाको घर कोलाबा पोस्ट अफिसको बिल्कुलै अगाडी छ। मिडिया रिपोर्ट अनुसार यस घरको मूल्य लगभग १५० करोड भारतीय रुपैयाँ हो।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता रङ्गका हात हुने मानिसहरु हुन्छन् ज्यादै भाग्यमानी र धनी ! हेर्नुहोस्