लकडाउन पछिकै सस्तो भयो सुनको मूल्य ! कति घट्यो त ?

काठमाडौँ – फागुन महिनाको शुरुवात देखि नै सस्तो हुँदै आएको सुनको मूल्य मंगलबार पनि घटेको छ। सोमबार बढेको सुनको मूल्य आज मंगलबार घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य एकै दिन १ हजार ७ सयले घटेको छ। जसपश्चात छापावाला सुनको मूल्य ८७ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि १ हजार ७ सयले घटेको छ। यस गिरावटसँगै तेजाबी सुनको मूल्य ८६ हजार ५ सय ५० कायम भएको छ।

सुन लकडाउन पछिकै सस्तो

मंगलबार कायम भएको सुनको मूल्य कोरोना भाइरस संक्रमण महामारी पश्चात सरकारले लगाएको लकडाउन पछिकै सस्तो हो। लकडाउनको समयमा ठप्प भएको सुनको कारोबार जेठ २५ गते बाट खुला भएको थियो।

त्यसदिन सुनको मूल्य ८७ हजार ४ सयमा कारोबार भएको थियो। यस हिसाबले सुनको मूल्य आज २ सय ६८ दिन यताकै सस्तो हो।

चाँदीको मूल्य

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज एकैदिन तोलामा रु ४० ले घटेको छ। नेपाली बजारमा आज चाँदी १ हजार २ सय ९० मा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस वर्षकै सस्तो भयो आज सुन ? कति घट्यो ?