हिरोइनलाई छुन पनि थरथर काम्थे यी अभिनेता, २० वर्ष राज गरे बलिउडमा !

एजेन्सी : गोविन्दा बलिउडका नम्वर वान हिरो हुन् । डान्स , कमेडी र रोमान्सको लागि उनी निकै चर्चित छन्। गोविन्दाले करिब २० वर्षसम्म बलिउडमा राज गरे। उनले फिल्ममा करिश्मा कपूर, रवीना टन्डन, शिल्पा शेट्टी जस्ता कैयौँ कलाकारसँग काम गरेका छन्। तर एक समय यस्तो थियो कि उनी हिरोइनलाई छुन समेत डराउथे।

गोविन्दा धेरै जस्तो कमेडी गर्दै हिरोइनसँग रोमान्स गरेको देख्न सक्छौ। करियरको सुरुवातमा गोविन्दालाई रोमान्स गर्न निकै गाह्रो भएको थियो। केही समय अघि उनी आफ्नी श्रीमती सुनीता र छोरी टीनासँग कलर्स च्यानल शो इन्टरटेनमेन्टको रातमा पुगेका थिए। यसैक्रमममा गोविन्दाले बताए कि उनी निकै सोझो थिए र केटिलाई हेर्दैन थिए।

उनले एक घ’टना सम्झिदै भने ,”एक फिल्मको शुटिंगको क्रममा सरोज खानले सोधेका थिए कि के तिमीले कहिले रोमान्स गरेका छौ, कसैलाई टच गरेका छौ ।  मैले भने छैन। तब सरोज जीले भन्नुभएको थियो कि यसरी कहाँ हुन्छ। उसलाई अलिकति रोमान्स सिकाउ भन्नुभएको थियो।  “

गोविन्दाले अगाडी भने ,”त्यसपछी मलाई जुहू पठाईयो।  म समुन्द्रको किनारको पानीमा उभिएको थिए।  त्यहाँ मलाई एक केटिले अँगालो हाल्न  सिकाई रहेकी थिइन्। त्यस समय म कामिरहेको थिए। उनको नाम राज लक्ष्मी थियो र उनी कर्नाटककी थिइन् । यस ट्रेनिंगपछि उनी एक्स्पर्ट भएका थिए।

प्रकाशित : सोमबार, फागुन १७, २०७७१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह नै नगरी गर्भवती भएका थिए यी अभिनेत्री, छोरी जन्मिएको दुई वर्षपछि गरे विहे