विवाह नै नगरी गर्भवती भएका थिए यी अभिनेत्री, छोरी जन्मिएको दुई वर्षपछि गरे विहे

एजेन्सी – बलिउडका चर्चित सेलिब्रेटीहरु चर्चाका दुनियाँमा रहे तापनि उनीहरुको आँखा सधैं सच्चा प्रेमको खोजीमा रहने गर्छ। केहि सेलिब्रिटीले सच्चा प्रेम बलिउड भित्रैबाट पाएका छन् भने केहिले बलिउड बाहिरबाट।

यस्तै बलिउड नायिकाहरुको अफेयर बारे धेरैनै चर्चा हुने गरेको छ। प्राय नायिकाहरुको प्रेम सम्बन्ध भनौ अथवा विवाह बलिउड भित्रकै कलाकार, निर्माता, निर्देशकहरुसँग हुने गरेको छ।

प्रेम सम्बन्धकै क्रममा केहि नायिकाहरु गर्भवती भएको समेत घटनाहरु सार्वजनिक हुने गरेका छन्। विवाहनै नगरी बोइफ्रेन्डसँगको सम्बन्धबाट गर्भवती भएका नायिकाहरु निम्न उल्लेखि छन्।

सेलिना जेटली

बलिउड अभिनेत्री विवाह अगाडीनै गर्भवती भएकी थिइन्। उनी बोइफ्रेन्ड पिटर हगसँगको सम्बन्धबाट गर्भवती भएको बताउने गरिन्छ। गर्भवती भएपछि मात्रै जेटलीले विवाह गरेकी थिइन्। विवाह गरेको केहि महिना नबित्दै जेटलीले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन्।

कोन्कणा सेन शर्मा

कोन्कणा दक्षिण भारतीय चलचित्र क्षेत्र साथै बलिउडकी चर्चित अभिनेत्री रहेकी छन्। रणवीर शोरीसँग विवाह गर्नुअगाडी कोन्कणाको अर्कै प्रेमी रहेको बताउने गरिन्छ। सोहि सम्बन्धको क्रममा कोन्कणा गर्भवती भएको र गर्भपतन गराएको भारतीय मिडियाहरु बताउँछन्। त्यसपछि मात्रै उनले रणवीरलाई डेट गर्न शुरु गरेकी थिइन्। जुन सम्बन्ध विवाहमा परिणत भएको थियो।

सारिका ठाकुर

अभिनेत्री सारिकाको दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित नायक कमल हसनसँग अफेयर रहेको थियो। गुपचुप प्रेम सम्बन्धकै क्रममा सारिका गर्भवती भएकी थिइन्। सारिका त्यसबखत बोइफ्रेन्डको रुपमा रहेला कमल हसनसँगको सम्बन्धको कारण गर्भवती भएकी थिइन्। छोरी अर्थात् हालकी अभिनेत्री श्रुति जन्मिएको दुई वर्षपछि यी दुई वैवाहिक बन्धनमा बाँधिएका थिए।

अमृता अरोरा

मलाइका अरोराकी बहिनी हुन् अमृता । उनको व्यापारी सकिल लदकसँग अफेयर रहेको थियो। बोइफ्रेन्ड सकिलसँगको प्रेम सम्बन्धको क्रममा अमृता गर्भवती भएकी थिइन्। यो थाहा पाउने बितिकै अमृताले हतारमा बिहे गरिन्। बिहेको केही दिनमै उनले प्रेम सम्बन्धकै क्रममा गर्भवती भएको पुष्टि हुने अभिव्यक्ति दिइन्, ‘म आमा बन्दै छु।’

प्रकाशित : सोमबार, फागुन १७, २०७७१७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुढी देखिदैनन् यी ५ अभिनेत्री, उमेरले ५० नाघेपनि देखिन्छन सुन्दर र जवान !