यी ४ राशिका लागि लक्की रहनेछ मार्च महिना, जान्नुहोस् आफ्नो राशिको हाल

काठमाडौँ : सन् २०२१ को तेस्रो महिना मार्चको सुरुवात भईसकेको छ। मार्च महिना ग्रहको चाल अनुसार सबै राशिहरुका लागि अत्यन्तै खास रहनेवाला छ। ज्योतिषविद्का अनुसार मेष, तुला, वृश्चिक र कुम्भ राशिका लागि २०२१ को तेस्रो महिना मार्च अत्यन्तै शुभ साबित हुन् सक्छ।

मेष राशि – उत्साह र उर्जाले भरिपूर्ण रहने मेष राशिका जातकका लागि मार्च महिना नयाँ उडान र सपना लिएर आउनेछ। यस महिना तपाईमा एक गज्जबको सकारात्मक उर्जा आउनेछ। तपाईको निजी र पेशागत दुवै क्षेत्रमा प्रगति लाभ हुनेछ। परिवारबाट तपाईले पूरा सहयोग प्राप्त गर्नुहुनेछ। यस महिना खर्च भन्दा बढी आफ्नो बचतको बारेमा सोच्नुहुनेछ।

वृष राशि : ऐश-आराम मन पराउने र स्वादिष्ट भोजन गर्नमा सौखिन वृष राशिका जातकका लागि मार्च महिना औषत रहनेछ। यो महिनामा तपाई आफ्नो नोकरी र पैसाको विषयलाई लिएर केही चिन्तित बन्नुहुनेछ। कामको सिलसिलामा यात्राको योग बन्न सक्छ। शैक्षिक क्षेत्रमा संलग्न वृष राशिका जातकले शुभ समाचार पाउनेछन्।

मिथुन राशि – निष्ठावान र सम्बन्ध निभाउने राम्रो खुबी भएका मिथुन राशिका जातकको लागि मार्च महिना राम्रो रहनेछ। यो महिना तपाई एकदमै जिज्ञासु रहनुहुनेछ। नोकरीमा सफलता मिल्नेछ। कोहीं खास व्यक्ति तपाईको जीवनमा प्रवेश गर्नेछ। यो महिना तपाई जरुरत भन्दा बढी सोच्न लाग्दा मानसिक स्वास्थ्यमा असर पुग्न सक्छ।

कर्कट राशि – भावुक, प्रेमिल स्वभाव र अत्यन्तै संवेदनशील कर्कट राशिका जातकको लागि मार्च महिना औषत रहनेछ। यो महिना कामको सिलसिलामा थुप्रै ठाउँको यात्रा गर्ने अवसर पाउनुहुनेछ। यद्यपि अत्यन्तै व्यस्तताको कारण आफ्नो परिवारलाई पर्याप्त समय दिन पाउनुहुनेछैन। जस कारण सम्बन्धमा धेरथोर मनमुटाव आउन सक्छ।

सिंह राशि – सिंह जस्तो निर्भीक, वीर र बहादुर सिंह राशिको जातकको लागि मार्च महिना केही चुनौतीपूर्ण रहनेछ। सिंह राशिका जातक मार्च महिनामा उत्साहले भरिपूर्ण रहनेछन्। उत्साह यिनको व्यवसायिक जीवनको लागि राम्रो साबित हुनेछ। तर प्रेममा भने तपाई असफल बन्नुहुनेछ।

कन्या राशि – कुशल र व्यावहारिक कन्या राशिका जातकका लागि मार्च महिना औषत रहनेछ। वैवाहिक जीवनमा केही समस्याहरु आउन सक्छन्। तर समयसँगै तपाईको सम्बन्धमा माधुर्यता आउनेछ। मार्च महिनामा तपाईले आफ्नो खर्चमा ध्यान दिन आवश्यक छ, अन्यथा तपाईले आर्थिक समस्याको सामना गर्नुपर्नेछ।

तुला राशि – जीवनमा सामञ्जस्य र सन्तुलन बनाई राख्ने तुला राशिका जातकको लागि मार्च महिना अत्यन्तै शुभ साबित हुनेछ। व्यापार-व्यवसाय गर्ने जातकले अत्यधिक नाफा हासिल गर्नेछन्। यो महिना तपाई तनावमुक्त जीवन व्यतीत गर्नुहुनेछ। र परिवारसँग गुणस्तरीय समय बिताउनुहुनेछ।

वृश्चिक राशि – दरिलो र फुर्तिलो व्यक्तित्वका वृश्चिक राशिका जातकका लागि मार्च महिना निकै शानदार हुनेछ। जीवनसाथीसँग मधुर सम्बन्ध रहनेछ। करियरको हिसाबले पनि मार्च महिना तपाईको लागि अत्यन्तै खास रहनेछ। यो महिना स्वास्थ्य प्रति केही सचेत रहन आवश्यक छ।

धनु राशि – धनु राशिका जातकको लागि सन् २०२१ को तेस्रो महिना औषत रहनेछ। प्रेममा रहेका जातकको लागि यो समय चुनौतीपूर्ण रहनेछ। तैपनि परिवारसँग तपाईले राम्रो समय बिताउनुहुनेछ। करियरको हिसाबले यो मार्च महिना शुभ रहनेछ। स्वास्थ्य प्रति केही सावधान रहन आवश्यक छ।

मकर राशि – न्याय प्रिय र मेहनती मकर राशिका जातकको लागि मार्च महिना केही खास रहनेवाला छ। करियरले उचाई चुम्नेछ। सम्बन्धमा केही तीक्तता आउन सक्छ। स्वास्थ्य प्रति तपाई धेरै सतर्क रहनु पर्नेछ।

कुम्भ राशि – कुम्भ राशिका जातकको लागि मार्च महिना अत्यन्तै शानदार रहने वाला छ। करियरमा नयाँउचाई हासिल हुनेछ। सम्बन्धमा पनि एक नयाँ उर्जाको सञ्चार हुनेछ, शैक्षिक क्षेत्रमा संलग्न जातकले शुभ समाचार प्राप्त गर्नेछन्।

मीन राशि – सपना र वास्तविकताबारे राम्रो ज्ञात भएको मीन राशिको जातकको लागि मार्च महिना औषत रहनेछ। परिवारमा वाद-विवाद हुने सम्भावना छ। जसकारण तपाईले आफ्नो व्यवहारमा थोरै उदासिनता महसुस गर्नुहुनेछ। मार्च महिनामा तपाईको स्वास्थ्य बिल्कुलै फिट रहनेछ।

प्रकाशित : सोमबार, फागुन १७, २०७७११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मार्चमा ३ ग्रहले चाल बदल्ने, मीन राशिमा एक साथ हुनेछन् सूर्य र शुक्र