मार्चमा ३ ग्रहले चाल बदल्ने, मीन राशिमा एक साथ हुनेछन् सूर्य र शुक्र

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रहले आफ्नो चाल बदल्दा या ग्रहको राशि परिवर्तन हुँदा त्यसले हाम्रो जीवनमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा केही न केही असर पार्छ। कसैको लागि यो परिवर्तन शुभ फलदायी हुन्छ भने कसैको लागि यो कष्टदायक पनि हुन् सक्छ। जनवरी र फरवरीमा जस्तै मार्च महिनामा पनि केही ग्रहले आफ्नो चाल बदल्दै छ र तिनको राशि परिवर्तन हुँदै छ। सूर्यसँगै बुध र शुक्रको पनि राशि परिवर्तन हुँदै छ। यसले तपाईको जीवनमा कस्तो असर पार्नेछ त, पढ्नुहोस्।

सूर्य मीन राशिमा प्रवेश

९ ग्रहमा सबैभन्दा प्रमुख सूर्यले पनि मार्च महिनामा राशि परिवर्तन गर्दैछ। १४ मार्च आइतबार अर्थात चैत १ गते सूर्य कुम्भ राशि(Aquarius) बाट निक्लेर मीन राशि(Pisces) मा प्रवेश गर्नेछ र १४ अप्रिल २०२१ अर्थात् १ वैशाख २०७८, बुधवारसम्म मीन राशिमा नै रहनेछ। सूर्यको राशि परिवर्तनलाई सङ्क्रान्ति भनिन्छ र सूर्य जुन राशिमा हुन्छ राशिको नाम अनुसार सङ्क्रान्तिको नामाकरण हुन्छ। त्यसकारण चैत १ गतेको सङ्क्रान्तिलाई मीन सङ्क्रान्ति भनिन्छ। जब सूर्य, बृहस्पतिको राशि धनु र मीनमा आउँछ तब खरमास लाग्छ र त्यतिबेला कुनै पनि शुभ कार्य गरिदैन।

बुध कुम्भ राशिमा प्रवेश

सूर्य कुम्भ राशिबाट निक्लिएर मीन राशिमा आउँदै छ, त्यस्तै बुद्धि र वाणीको कारक ग्रह बुध(Mercury) ११ मार्च अर्थात् यहीँ फागुन २७ गते मकर राशिबाट निक्लिएर कुम्भ राशिमा प्रवेश गर्नेछ। र १ अप्रिल २०२१ अर्थात् १९ चैत २०७७ सम्म यहीँ राशिमा रहनेछ। त्यसपछि बुध मीन राशिमा प्रवेश गर्नेछ। कुम्भ, शनिको राशि हो र शनि र बुधमा मित्रताको भाव छ।

शुक्र मीन राशिमा प्रवेश

सूर्य देव बाहेक शुक्र ग्रह(Venus) पनि मीन राशिमा नै प्रवेश गर्दै छ। विवाह-ब्रतबन्धको साथै समस्त भौतिक सुखको कारक ग्रह शुक्र, १७ मार्च अर्थात् ४ चैतमा मीन राशिमा प्रवेश गर्नेछ र १० अप्रिल/२८ चैत सम्म यहीँ विराजमान रहनेछ।  १४ मार्चमा सूर्य पनि मीन राशिमा आईरहेको छ जसकारण मीन राशिमा सूर्य र शुक्रको मिल्न हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुलेर पनि जानुहुँदैन यी ५ ठाउँहरुमा गर्भवती महिला…जानिराख्नुहोस् !