चोरले दिनदहाडै फिल्मी स्टाइलमा यसरी छक्कायो पाकिस्तानी पुलिसलाई…

एजेन्सी : भारत तथा पाकिस्तानमा सामाजिक सञ्जालमा एक भिडियो भाइरल भईरहेको छ, जुन हेरेर तपाईले आफ्नो हाँसो रोक्न सक्नुहुनेछैन। यो भिडियो पाकिस्तानको हो। यस भिडियोमा पाकिस्तानी पुलिसले एक पटक फेरी फिल्मी स्टाइलमा मानिसहरुलाई खुब मनोञ्जन गराएको छ। पाकिस्तानको रावलपिन्डी शहरको छतमा केही प्रहरीले चङ्गा जम्मा गरिरहेको भिडियोमा देख्न सकिन्छ। त्यस्तै एक आरोपी छतको पर्खाल पछाडी लुकेर बसिरहेको देख्न सकिन्छ।

पुलिस लुकिरहेको मानिसलाई खोजिरहेको छ। त्यस्तै, नजिकैको अर्को घरको मानिस चोर पुलिसको लुकाछिपीको भिडियो रेकर्ड गर्न व्यस्त छन्। चारैतर्फ खोजी गर्दा पनि नभेटिएपछि पुलिसले आरोपीलाई फोन गर्छन् तर आरोपीले फोन गर्नेबित्तिकै मोबाइल अफ गरिदिन्छन्। यो देखेर भिडियो बनाउने व्यक्तिले भिडियोमा ‘पछाडी त हेर्नु…पछाडी त हेर्नु’ भन्दै कराएको सुन्न सकिन्छ। आरोपी व्यक्ति छतको छेउपट्टि लुकेर बसिरहेका छन्। पाकिस्तानी पुलिसले आरोपीलाई त्यहीँ भएर पनि भेट्टाउन सक्दैनन्। भिडियो अत्यन्तै हास्यास्पद छ।

भिडियोमा एक बच्चाले यिनीहरु मारिनेछन्, बाँच्ने छैनन् भनेको सुन्न सकिन्छ। र उनकी आमाले मारिनेछैनन्, बाँच्नेछन् भन्दै ढाडस दिन्छिन्। भिडियो हेरेर सहजै अनुमान गर्न सकिन्छ कि पाकिस्तानी पुलिसका उच्च अधिकारी औपचारिकता मात्र निभाईरहेका छन्। दोस्रो तर्फ आरोपी पाकिस्तानी पुलिसबारे पूर्ण रुपमा परिचित छ। जसकारण ऊ आरामले छतमा पल्टिएर पुलिस फर्किने प्रतीक्षामा छ।

सामाजिक सञ्जालमा यो भिडियो खुब भाइरल भईरहेको छ। मानिसहरुले पाकिस्तानी पुलिसको खुब मजाक उडाईरहेका छन्। मानिसहरुले पाकिस्तानी पुलिसको अपरिपक्व हर्कतलाई निशानामा राखेर प्रतिक्रियाहरु दिएका छन्।

भिडियो हेर्नुहोस् :

प्रकाशित : आइतबार, फागुन १६, २०७७१२:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अध्ययनले गर्यो दाबी : मोटा मानिसमा कोरोनाको यो भ्याक्सिन कम असरदार