आज फागुन १५ देखि २१ गतेसम्मको साप्ताहिक राशिफल : बिहानैदेखि नराम्रा कुरा सुन्नु पर्नेछन् यी राशिले

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

मेष राशि – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

पहिलेको तुलनामा निकै सप्रिएको साता छ । व्यापारतिरको काममा प्रगति हुनुका साथै प्राविधिक पक्षसमेत बलियो भएर आउला । बिहीबारसम्मका दिन सफलता दिने खालका छन् भने शुक्रबारको दिनमा मनलाई निराश पार्ने खालको घटना हुनसक्छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

साताको सुरुमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्नेछ र त्यसले केही खर्च पनि गराउन सक्छ । गणेशको आराधना गरेमा त्यस्तो अनिष्ट फल शमन गर्न सकिएला । घरपरिवारबाट समेत यो सातामा सोचेकोजति मद्दत मिल्नेछैन ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

पहिलेको तुलनामा निकै सुधार भएको छ । तपाईंको भित्री इच्छा पूरा होलाजस्तो छ । खर्च भने निकै बढ्ला । स्वास्थ्यको स्थिति मध्यम मात्र रहनेछ । व्यापार व्यवसायको कामले अलिकति टेवा दिए पनि घरपरिवारको अवस्था देखेर मन खिन्न होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

पूर्वाद्र्ध राम्रो खालको छ । आर्थिक स्थिति बलियो होला भने राम्रा खालका काममा खर्च गरिनेछ । बुधबारको बिहानैदेखि नरमाइला कुरा कानमा पर्नेछन् । यो साताको प्रत्येक दिनमा सूर्यलाई अर्घ चढाएमा नकारात्मक कुरा हट्न सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

साताको सुरुदेखि नै मनोरञ्जन गर्न र घुमघाम गर्नमा मन जाला । यात्रा पनि होलाजस्तो छ । खास ठोस काम हुनेछैन । परिवारको स्वास्थ्यका लागि नै खर्च बढ्न जाला । इन्द्राणीको दर्शन र इन्द्राक्षी स्तोत्रको पाठले त्यस्ता बाधालाई हटाउन सकिनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

सुरुमा निकै खर्च बढ्ला । आफ्नै खर्चले इष्टमित्रको सत्कार गरिरहनु पर्नेछ तर भित्री हृदयदेखि मद्दत गर्ने खालको मित्र भेट्टाइने सम्भावना छैन । व्यापार व्यवसायको कामले मात्र तपाईंलाई टेवा देला । प्रेमको क्षेत्रमा समेत अप्ठ्यारो बढी आउला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

सातालाई राम्रो रूपमा लिन सकिन्छ । खर्च भए पनि सही काममा हुनाले आत्मसन्तुष्टि नै हुनेछ । पढाइभन्दा लेखाइमा बढी समय जाला र सफलता पनि त्यसैमा छ । मित्रहरूबाट राम्रो सहयोग पाउनुहुनेछ । त्यस्तै प्राविधिक खाले काममा गतिलो लाभ मिल्नेसमेत सम्भावना छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

पूर्वाद्र्ध राम्रो खालको छ । काम गर्ने जाँगर लाग्ला भने गरेका काम बन्ने पनि छन् । मङ्गलबार बेलुकीदेखि भने निकै अप्ठ्यारा आउन सक्छन् । बौद्धिक स्तर जतिसुकै राम्रो भए पनि तपाईंले बोलेको कुराको गलत अर्थ निकाल्ने धेरै हुनेछन् ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

सातालाई राम्रो रूपमा लिन सकिन्छ । उत्साह घट्ने क्रममा छैन । त्यस्तै मद्दत दिनेहरूको सङ्ख्या पनि मनग्गे छ । मानप्रतिष्ठा बढी नै रहला । स्वास्थ्यको विषयमा कुनै पीर मान्नुपर्ने देखिन्न । नोकरी र व्यवसाय दुवैमा हाल सफलता छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

साताको पूर्वाद्र्ध त्यति राम्रो छैन । सोच्दै नसोचेको समस्या आएर मनमा पीर पार्ला । त्यसैले शनिबारको दिन बिहानै शिवजीको आराधना र पीपलको दर्शन गर्नुहोस् । मङ्गलबार बेलुकीदेखि मात्र बाधा हट्दै जानेछन् । परिवारको मद्दतले भने प्रशस्त टेवा दिने समय छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मध्यम खालको साता छ । साताको सुरुमा जुन रफ्तारले काम बन्नेछ, सोमबारदेखि त्यस्तो गतिशीलता छैन । बरु बाधा नै बढी आउनेछन् । जागिरबाट मात्रै व्यवहार धान्न गाह्रो छ त्यसैले व्यवसायतिर पनि केही ध्यान दिनुहोस् ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces) : 

खर्च त घट्ने छैन तर आम्दानीको स्रोत पनि बलियो भएकाले पीर मान्नु पर्दैन । घरपरिवारमा रमाइलो वातावरण रहला । मङ्गलबार र बुधबार भने त्यति राम्रा छैनन् । मङ्गलबार बिहान शिवजीको दर्शन र आराधनाले आउने बाधालाई हटाउन सकिनेछ।

प्रकाशित : शनिबार, फागुन १५, २०७७११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फाल्गुन २० गते बिहिबार,कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !