भोलि फाल्गुन २० गते बिहिबार,कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिनभरको समय  आफन्त  र मित्रसँग आनंद-प्रमोद बित्नेछ। नयाँ वस्त्र तथा आभूषन किन्नुहुनेछ। सामाजिक रूपले मान-सन्मान प्राप्त गर्नुहुनेछ। मध्यान्नपछि हरेक प्रकारको संयमित व्यवहार गर्नुपर्नेछ। नयाँ सम्बन्ध बनाउनाले पुर्व विचार  गर्नुपर्नेछ। अधिक खर्च गर्नुहुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यवसायको लागि दिन लाभदायी रहेको छ। पारिवारिक वातावरण पनि सुख-शान्तिपूर्ण रहनेछ। प्रतिस्पर्धीले विजय प्राप्त गर्नेछन्। व्यावसायिक स्थलमा  सहकर्मीको सहयोग प्राप्त हुनेछ। मध्यान्नपछि मनोरंजनको आनन्द लुट्नुहुनेछ। छोटो यात्रामा जानुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन मध्यम फलदायी रहेको छ। नयाँ कार्यको आरम्भ नगर्नुहोला। बौद्धिक चर्चाको लागि दिन शुभ रहेको छैन। सन्तानको विषयमा चिन्ता रहनेछ। मध्यान्नपछि घरको वातावरण सुखशान्तिमय रहनेछ। मानसिक रूपले प्रफुल्लित अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्यमा सुधार आउनेछ। व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ। आर्थिकरुपले लाभ मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मानसिक र शारीरिक दुवै प्रकारको निराशा रहनेछ। स्थावर सम्पत्तिको कार्यवाहीलाई  स्थगित  गर्नुहुनेछ। आमाक स्वास्थ्य बिग्रिन सक्नेछ।  वैचारिक स्तरमा विचलित नहुनुहोला। मध्यान्नपछि  शारीरिक रूपले प्रसन्नता अनुभव हुनेछ। नयाँ कार्यमा सफलता प्राप्त गरुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

धार्मिक यात्रा हुन सक्ला। नयाँ कार्यको प्रारम्भ गर्नुहुनेछ। विदेशबाट लाभदायी समाचार प्राप्त गर्नुहुनेछ। लगानी गर्नेहरुको लागि समय लाभदायी रहेको छ। मध्यान्न्नपछि अधिक भावनाशील बन्नुहुनेछ। मनमा निराशा उत्पन्न हुनेछ। स्वास्थ्य बिग्रिन सक्ला। आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

 कुनै प्रकारको निर्णयात्मक स्थितिमा नपुग्नुको कारण नयाँ कार्यको प्रारम्भ गर्न उचित समय नहुनु हो। मौन रहेर दिन बिताउनु होला। शारीरिक र मानसिक रूपले स्वास्थ्य मध्यम रहनेछ।  मध्यान्नपछि  तपाईको स्थितिमा  परिवर्तन आउनेछ। घरको अन्य सदस्यसँग बसेर महत्त्वपूर्ण विषयमा   लिनुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

समतोल र दृढ वैचारिकताको साथसाथै दिनको प्रारम्भ हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य  प्रति ध्यान राख्नुहुनेछ। नयाँ वस्त्र र आभूषण किन्नुहुनेछ। मध्यान्नपछि  मानसिक रुपले अनिर्णयको  स्थितिमा रहनुहुनेछ।परिवारसँग  मतभेद होला। आवश्यक निर्णय नलिनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आध्यात्मिक र ईश्वरको भक्तिले मनले शान्ति प्राप्त गर्नेछ। मनमा उठिरहेको नकारात्मक भावनामा ध्यान राख्नुहोला। अदालती कार्यवाहीमा सम्ह्लाएर चल्नुहोला। शारीरिक स्वास्थ्य बिग्रिन सक्ला। मध्यान्नपछि कार्यपूर्ति हुनेछ। शारीरिक र मानसिक रुपले  स्वस्थ महसूस गर्नुहुनेछ।  आत्मविश्वास  वृद्धि हुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आय वृद्धि हुनुको साथसाथै लाभदायक रहेको छ। सामाजिक कार्यमा भाग लिदा मन प्रसन्न रहनेछ।मान-सम्मान वृद्धि  हुनेछ। व्यापारमा लाभ हुनेछ। शारीरिक स्वास्थ्य बिग्रिनेछ। आयको अपेक्षा खर्च अधिक हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्थावर सम्पत्तिको  दस्तावेज गर्नको लागि दिन राम्रो रहेको छ। व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। उच्च अधिकारी वर्गले तपाईलाई  प्रोत्साहित गर्नेछ।  पारिवारिक वातावरण आनन्दपूर्ण रहनेछ। सामाजिक तथा आर्थिक क्षेत्रमा लाभ हुनेछ। मित्रबाट लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन व्यावसायिक वर्गको लागी त्यति शुभ रहेको छैन। उच्च अधिकारीसँग कुराकानी गर्ने समयमा विवेक राख्नुपर्नेछ। सन्तानको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ। धार्मिक स्थलको यात्रा होला। मध्यान्नपछि व्यावसायिक स्थलको वातावरण अनुकूल रहनेछ। गृहस्थ जीवनमा आनन्द छाईरहनेछ।  व्यावसायिक क्षेत्रमा  अधिकारीवर्ग तपाईको कार्यबाट  प्रसन्न रहनेछ। व्यवसायिक क्षेत्रमा सफल र शुभ दिन रहेको छ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

कसैसँग झगडा  वा वादविवाद वा झगडा नहोस यस कुराको ध्यान राख्नुहोला। गूढ़ विद्याप्रति आकर्षण रहनेछ। सुखमय विषयमा रुची रहनेछ। गहन चिन्तनले तपाईको मनमा शान्ति प्रदान गर्नेछ। मध्यान्नपछि केहि समय अनुकूल रहनुहुनेछ। बौद्धिक रूपले लेखनकार्यमा सक्रिय रहनुहुनेछ।

प्रकाशित : बुधबार, फागुन १९, २०७७२०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फाल्गुन २१ गते शुक्रवार : कस्तो रहला तपाईको दिन, हेर्नुहोस् भोलिको राशिफल