बढ्यो मूल्य, महँगा भए बजाजका बाइक ! कुन बाइकको कति ? [मूल्य सहित]

काठमाडौँ – नेपाली बजारमा बजाज बाइकको मूल्य बढेको छ। भारतमा समेत बजाजका बाइकको मूल्य बढिरहेको अवस्थामा बजाज बाइकको मूल्य नेपालमा पनि बढेको हो।

नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजका मोटरसाइकलहरुको मूल्य परिमार्जन गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक मूल्य सूचीका अनुसार सबै भन्दा बढी मूल्य बजाज डोमिनारको बढेको छ । डोमिनारको मूल्य २० हजार बढेको छ। नयाँ मूल्य अनुसार नेपालमा डोमिनारको मूल्य अब ५ लाख ६९ हजार ९ सय रुपैयाँ भएको छ।

कुन बाइकको मूल्य कति ?

नयाँ मूल्य सूचीका अनुसार बजाजको सबै भन्दा सस्तो मोटरसाइकल प्लाटिना १०० इएसको १ लाख ८१ हजार ९ सय पर्ने छ। त्यस्तै अब डिस्कभर १२५ ड्रमको मूल्य १ लाख ९९ हजार ९ सय, डिस्कभर १२५ डिस्कको २ लाख ६ हजार ९ सय र डिस्कभर १२५ एसटीको २ लाख १७ हजार ९ सय पर्नेछ।

बजाजका अनुसार पल्सर बाइकहरुको पनि मूल्य बढेको छ। नयाँ मूल्य सूचीका अनुसार अब नेपालमा पल्सर १२५ डिस्कलाई २ लाख ३४ हजार ९ सय, पल्सर १५०लाई २ लाख ६३ हजार ९ सय, पल्सर १५० टिडीलाई २ लाख ८० हजार ९ सय, पल्सर १६० एनएस टिडी एबिएसलाई ३ लाख २ हजार ९ सय, पल्सर २२० एफ एबिएसलाई ३ लाख ४७ हजार ९ सय, पल्सर २०० एनएस एबिएसलाई ३ लाख ४९ हजार ९ सय, पल्सर २०० एनएस एफआई एबिएसलाई ३ लाख ७२ हजार ९ सय पर्नेछ।

यस्तै अब एभेन्जर १६० स्ट्रिट एबिएसलाई ३ लाख २९ हजार ९ सय, एभेन्जर २२० क्रुजलाई ३ लाख ५४ हजार ९ सय पर्नेछ। बजाजका अनुसार योमिनार ४०० एबिएसलाई अब ५ लाख ६९ हजार ९ सय रुपैयाँ पर्नेछ भने डोमिनार २५० एबिएसलाई ४ लाख ९४ हजार ९ सय पर्नेछ।

क्र.सं. मोडल नयाँ मूल्य
प्लाटिना १०० इएस १,८१,९००
डिस्कभर १२५ ड्रम १,९९,९००
डिस्कभर १२५ डिस्क २,०६,९००
डिस्कभर १२५ एसटी २,१७,९००
पल्सर १२५ डिस्क २,३४,९००
पल्सर १५० २,६३,९००
पल्सर १५० टिडी २,८०,९००
पल्सर १६० एनएस टिडी एबिएस ३,०२,९००
पल्सर २२० एफ एबिएस ३,४७,९००
१० पल्सर २०० एनएस एबिएस ३,४९,९००
११ पल्सर २०० एनएस एफआई एबिएस ३,७२,९००
१२ एभेन्जर १६०स्ट्रिट एबिएस ३,२९,९००
१३ एभेन्जर २२० क्रुज ३,५४,९००
१४ डोमिनार २५० एबिएस ४,९४,९००
१५ योमिनार ४०० एबिएस ५,६९,९००
प्रकाशित : शुक्रबार, फागुन १४, २०७७१९:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लकडाउन पछिकै सस्तो भयो सुनको मूल्य ! कति घट्यो त ?