प्रियंका, कट्रिना भन्दा पनि बढी सुन्दर र हट छन् यी भोजपुरी अभिनेत्री

एजेन्सी : बलिउड पछि भोजपुरी फिल्मको निकै क्रेज छ। युट्युबमा पछिल्लो समय भोजपुरी गीत र भिडियोहरु भाइरल हुने गरेका छन्। भोजपुरी अभिनेत्री आफ्नो बोल्ड र हट लुकको लागि चिनिन्छन्। तिनको सुन्दरताको अगाडी बलिउडका अभिनेत्री प्रियंका चोपडा, कट्रिना कैफ, आलिया भट्ट र दीपिका पादुकोण फिका पर्छन्।

आम्रपाली दुबे

भोजपुरी इन्डस्ट्रीमा आम्रपाली दुबेको नाम सबैभन्दा टप अभिनेत्रीमा आउँछ। उनले केवल चार वर्षमा ३० भन्दा बढी फिल्महरुमा काम गरिसकेकी छिन्। आम्रपालीको जोडी निरहुआ उर्फ दिनेश लाल यादवसँग खुब जम्छ। यो जोडी निकै चर्चित छ। निरहुआले आम्रपालीसँग २५ भन्दा बढी फिल्महरुमा काम गरिसकेका छन्। उनीहरुका पहिलो फिल्म ‘निरहुआ रिक्शावाला’ थियो। त्यसपछि निरहुआ हिन्दुस्तानी, निरहुआ हिन्दुस्तानी २, निरहुआ हिन्दुस्तानी ३, पटना से से पाकिस्तान र निरहुआ चलल लण्डन लगायत थुप्रै फिल्महरुमा काम गरिसकेका छन्।

मोनालिसा

मोनालिसा भोजपुरी इन्डस्ट्रीको सबैभन्दा हट अभिनेत्री हुन्। उनको वास्तविक नाम अन्तरा विस्वास हो। उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। पछिल्लो समयको उनका हट तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भईरहेका छन्। मोनालिसाले निरहुआ, पवन सिंह, रवि किसनसँग काम गरेकी छिन्।

काजल राघवानी

काजलले १६ वर्षको उमेरमै गुजराती फिल्ममा काम गरेपश्चात भोजपुरी इन्डस्ट्रीमा कदम राखेकी थिईन्। काजलले सन् २०१३ मा भोजपुरी फिल्म ‘सबसे बडा मुजरिम’ बाट डेब्यु गरेकी थिईन्। काजलले अहिलेसम्म ५० भन्दा बढी भोजपुरी फिल्महरुमा काम गरिसकेकी छिन्। पवन सिंह र काजलको जोडी निकै लोकप्रिय छ।

रानी चटर्जी

रानी चटर्जी भोजपुरी इन्डस्ट्रीको लेडी बोस हुन्। उनले थुप्रै भोजपुरी अभिनेताहरुसँग काम गरेकी छिन्। उनको फ्यान फलोइङ पनि लोभलाग्दो छ। उनी आफ्नो फिटनेसमा निकै ध्यान दिन्छिन्। उनको जिम भिडियो र तस्बिर भाइरल भईरहन्छन्।

शुभी शर्मा

शुभी शर्माले २००८ मा परवेश लाल यादवसँग ‘चलनी की चलल दूल्हा’ बाट डेब्यु गरेकी थिईन्। त्यसपछि उनले निरहुआ हिन्दुस्तानी ३, वेलकम ब्याक, राजा बाबू, बनारस वाली र बलम जी आई लभ युमा महत्वपूर्ण भूमिका निभाईसकेकी छिन्।

प्रकाशित : शनिबार, फागुन १५, २०७७१३:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिभीका टप १० सबैभन्दा हट र सेक्सी अभिनेत्री, तस्बिर हेर्दा उड्नेछ होशहवास