आज फागुन ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल : यी राशिलाई अत्यन्तै शुभ यो साता

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

मेष राशि – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आर्थिक स्थिति सामान्यखालको रहला तर मद्दत गर्नेको सङ्ख्या घट्दै छ । व्यावसायिक कामबाट समेत सोचेकोजति लाभ हुने छैन । आवश्यकता पूरा गर्ने मुख्य स्रोत भने जागिर नै हुनेछ । मङ्गलबार भने स्वास्थ्य समस्या आएर धनको खति होला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

निकै सप्रिएको साता छ । सुरुकै दिनमा भोजभतेर हुनुको साथै इष्टमित्रसँग भेटघाटसमेत भइरहला । तर, खास मद्दत गर्नेखालका मित्र भने छैनन् । त्यसैले व्यवसाय गर्ने बेलामा सतर्क हुनुहोस् तर पनि व्यवसायको कामबाट गतिलै लाभ हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

शनिबारको दिनमा प्रशस्त चिन्ता पर्ला । आइतबारदेखि भने सुधारको रूपरेखा बन्नेछ । तैपनि बौद्धिक स्थिति त्यति परिमार्जित छैन । कहिलेकाहीँ मुखबाट गलत शब्द निक्लन सक्छन् । व्यावसायिक कामबाट भने सोचेकोभन्दा बढी फाइदा होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

मध्यमखालको साता छ । सोचेकोजति प्रगति नभए पनि निराश हुनुपर्ने बेला छैन । मित्रहरूबाट राम्रो सहयोग पाइएला र यही सहयोगले प्रशस्तै भरथेग गर्नेछ । मङ्गलबारसम्मका दिन राम्रा छन् । बुधबारदेखि भने चिन्ता बढ्न सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

साता राम्रोखालको छ । दौडधुप बढेझैँ त्यसबाट प्राप्तिसमेत राम्रोखालको हुनेछ । पढाइ र लेखाइ दुवैतिर केही न केही प्रगति गर्नुहुनेछ । लेखन विधामा चाख बढ्दै जाला । व्यावसायिक कामबाट भने सीमित लाभमात्रै लिन सक्नुहुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । पहिलेदेखि आएका समस्या यही साता समाप्त हुनेछन् । मित्रहरूबाट भने त्यति ठूलो सहयोग मिल्ने देखिन्न । स्वास्थ्यस्थिति मध्यममात्र रहला । आफ्नो एवम् परिवारको स्वास्थ्यले खर्च गराइरहनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

सुरुका दुई दिन त्यति राम्रा छैनन् । गरेको काममा बाधा आउनुको साथै असफलतासमेत देख्नुपर्नेछ । असल काम गर्नेतिर मनको प्रवृति गइरहला त गरेका काम सफल पनि हुनेछन् । घरपरिवारमा भने सानो कुरामा पनि कचिङ्गल हुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

मध्यमखालको साता छ । आधा काम बन्लान् भने आधा त्यसै बाँकी रहनेछन् । मान-मर्यादामा ठेस पु¥याउने व्यक्ति सक्रिय छन् । यिनीहरूलाई परास्त गर्न सूर्यको आराधना गर्नुपर्नेछ । सानातिना चोटपटक लाग्ने सम्भावना छ, त्यसैले गणेशको दर्शन गर्न पनि नबिर्सनुहोस् ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

यो साता कार्यबाधा र स्वास्थ्यबाधा दुवैलाई सहनुपर्नेछ । कार्यबाधालाई सामना गर्न सकिए पनि स्वास्थ्यका कारण मनमा चिन्ता बढिरहला । परिवारबाट राम्रै सहयोग पाउनुहुनेछ । सामान्यखालको काममा भन्दा प्राविधिकखाले काममा फाइदा छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

सातालाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नतिर मनको प्रवृति जाला । गरेका काम बन्नेछन् । मनमा अलि–अलि डर र शङ्का भए पनि आर्थिक स्थिति बिग्रनेखालको छैन तर खर्चको मात्रा भने घट्नेक्रममा देखिन्न।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

सुरुका दिनमा स्वास्थ्य बिग्रन सक्छ, त्यसैले खानपान गर्दा सतर्क रहनुहोस् । सोमबारदेखिका दिन भने राम्राखालका छन् । बाधा दिने भए पनि तिनीहरूसँग पराजित हुनुपर्ने छैन । जागिरबाट भन्दा व्यावसायिक कामबाटै गतिलो लाभ लिनुहुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces) : 

मध्यमखालको साता छ । केही काम बन्लान् त केही बाँकी नै रहनेछन् । आम्दानी थोरै र खर्च बढी हुनाले समस्या परिरहला । प्राविधिक क्षमता नहुने हो त कठिनाइ पर्नेछ । केही नयाँ काम हातमा पारिदिने मित्र भने छन् । सप्ताहान्तमा विशेष सफलता मिल्ला।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वक्री शनिको यी दुई राशिमा सबैभन्दा बढी असर, दुष्प्रभावबाट बचाउनेछ यी उपायले