वक्री शनिको यी दुई राशिमा सबैभन्दा बढी असर, दुष्प्रभावबाट बचाउनेछ यी उपायले

काठमाडौँ : शनिदेवले कर्म अनुसार राम्रो र नराम्रो फल दिन्छ, यसकारण यसलाई कर्मफल दाता भनिन्छ। वक्री अवस्था यानी उल्टो दिशामा परिक्रम गर्दा शनिको प्रभाव राशिहरुमा धेरै पर्छ। अधिकांस मानिस शनिदेवसँग डराउँछन् र शनिदेवलाई प्रसन्न गराउन अनेकन् उपाय अपनाउँछन्।

जब कुनै ग्रह वक्री हुन्छ तब त्यसको दृष्टिको प्रभाव अलग हुन्छ। आगामी वर्ष २०७८ को जेठ ९ गते शनि वक्री हुनेछ। शनिदेवको वक्री दृष्टि कुन राशिमा बढी पर्ह्ह र यसको नराम्रो प्रभावबाट कसरी बच्न सकिन्छ।

शनि ग्रहका दुई राशि छन्, कुम्भ र मकर। वक्री शनिको सबैभन्दा बढी असर यिनै दुई राशिमा हुन्छ। साढे सातीको कारणले यो प्रभाव अझ बढ्नेछ। यस बाहेक शनि तुलामा उच्च र मेषमा तल हुन्छ। वक्री अवस्थामा तुला राशिका जातकले सकारात्मक परिणाम पाउँछन् भने मेष राशिका जातकले नकारात्मक परिणाम पाउँछन। शनि जब कुनै राशिको सप्तम भावमा हुन्छ त्यतिबेला अशुभ फल दिन्छ।

यदि तपाईको कुण्डलीमा वक्री शनि शुभ छ भने तपाईले हरेक क्षेत्रमा उन्नति गर्नुहुनेछ। तर अशुभ छ भने तपाईका हरेक काममा रोकावट आउनेछ। तपाईका कुनै पनि काम समयमा पूरा हुनेछैन र धनको नोक्सान धेरै हुनेछ।

वक्री हुँदा शनि अझ धेरै शक्तिशाली हुन्छ र त्यसको प्रभाव राशिहरुमा धेरै पर्नेछ। जुन राशिमा यसको दुष्प्रभाव पर्नेछ ती राशिका जातकलाई मानसिक र शारीरिक रुपमा समस्या उत्पन्न हुन्छ।

शनिग्रहको दुष्प्रभावबाट बच्ने उपाय – शनिग्रहको दुष्प्रभावबाट बच्नको लागि भगवान भैरव र हनुमानजीको पूजा गर्नुहोला। शनिको शान्तिको लागि महामृत्युञ्जय मन्त्रको जप गर्नुहोला र शनिबारको दिन तिल, मास, फलाम, तेल, कालो वस्त्र र जुत्ता दान गर्नुहोला।

हरे शनिबार भगवान शनिको पूजा गर्नुहोला र शनि मन्दिरमा गई शनिलाई तिलको तेल चढाउनुहोला। त्यस बाहेक हरेक दिन शनि स्तोत्र पाठ गर्दा पनि शनिको दुष्प्रभाव कम हुन्छ।

शनिबारको दिन काली गाईलाई रोटी खुवाउनुहोला र कालो चरालाई दाना दिनुहोला। यसले जीवनमा आउने रोकावट दूर हुनेछन्।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फाल्गुन १५ गते शनिबार ,कस्तो रहला तपाईको दिन ,हेर्नुहोस् भोलिको राशिफल !