विवाह नगर्दै सँगै बसेका थिए बलिउडका यी चर्चित ५ जोडी !

बलिउड स्टारहरु प्राय सधै लाइमलाइटमा रहन्छन् । यदी उनीहरु कसैलाई डेट गर्दै छन्, कहिँ घुम्न जादैछन् वा कसैको साथ बस्छन् भने यस्ता खबर छिट्टै चर्चामा आउछ । बलिउडमा लिभ इन रिलेशनशिपको सुरुवात राज बब्बर र स्मिता पाटिलले गरेका थिए। तर अहिलेको समयमा लिभ इन रिलेशनशिप निकै साधारण भैसक्यो।

बताइएअनुसार राज बब्बरले स्मिता पाटिलसंग विवाह गरेका थिए तर अहिले यस्ता स्टारहरु छन् जसको सम्बन्ध विवाहसम्म पनि पुग्दैन । तर आज हामी ति स्टारहरुको बारेमा बताउछौ जो विवाहभन्दा पहिला लिभ-इनमा रहेका थिए र त्यसपछि विवाह गरेका थिए।

१. अनुष्का शर्मा र विराट कोहली

बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले गत वर्ष ११ डिसेम्बरमा भारतीय टिमका कप्तान विराट कोहलीको साथ विवाह गरेकी थिइन् । विराट र अनुष्काले इटलीमा विवाह गरेका थिए। विवाहभन्दा पहिला अनुष्का र विराट कोहलीको लब स्टोरी त हामी सबैलाई थाहा थियो । तर उनीहरु विवाह अगाडी लिभ-इन रिलेशनमा रहेको कुरा कमैलाई थाहा  थियो। विराट र अनुष्का विवाहभन्दा पहिला लिभ-इन रिलेशनमा थिए। त्यसपछि उनीहरुले विवाह गरेका हुन्।

२.  सैफ अली खान र करिना कपूर खान

बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले २०१२ सालमा अभिनेता सैफ अली खानसंग विवाह गरेकी थिइन्। करिना सैफकी दोस्रो श्रीमती हुन्। फिल्म ‘टशन’ को शूटिंगको समयमा यी दुई नजिकिएका थिए र एक-अर्कालाई प्रेम गर्न थाले । तर करिना र सैफ विवाहभन्दा पहिले नै लिभ-इन रिलेशनमा बसेका थिए । साथै करिनाले यस कुराको खुलेआम स्वीकार पनि गरेकी थिइन्। अहिले उनीहरुको एक छोरा ‘तैमुर अलि खान’ पनि छ ।

३. कुणाल खेमू र सोहा अली खान

बलिउडका अभिनेता सैफ अली खान जस्तै उनकी बहिनि  सोहा अली खान पनि लिभ-इन रिलेशनमा बसिसकेकी थिइन्। बलिउडका अभिनेता कुणाल खेमु र  सोहा अली खान पनि विवाह बह्न्दा पहिले लिभ-इन रिलेशनमा बसेका थिए ।  यी दुई विवाह पछि निकै खुसि छन्। साथै उनीहरुको एक छोरी ‘इनाया’ छिन्।

४. आमिर खान र किरण राव

बलिउडका चर्चित अभिनेता आमिर खान पनि यस लिस्टमा समावेश छन्। आमिर खान आफ्नी  दोस्रो श्रीमती किरण रावको साथ विवाह भन्दा पहिले लिभ-इन रिलेशनमा बसेका थिए। तर त्यस समय आमिरले विवाहको बारेमा केहि सोचेका थिएनन्। तर जब आमिर र किरण लिभ-इन  रहे तब दुवैलाई महसुस भयो कि विवाह गर्नुपर्छ। त्यसपछि आमिरले आफ्नी पहिलो श्रीमतीलाई डिभोर्स दिएर किरणसंग विवाह गरेका थिए।

५. ट्यूलिप जोशी र कप्तान विनोद नेर

बलिउडकी अभिनेत्री ट्यूलिप जोशीको नाम पनि यस लिस्टमा पर्छ। एक समय ट्यूलिपको नाम कप्तान विनोदसंग जोडेर आउथ्यो, जब उनि कप्तान विनोदको साथ लिभ-इनमा बस्थिन। धेरै समय लिभ-इनमा बसेपछि ट्यूलिप र विनोदले विवाह गरेका थिए।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१९:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दर्शकलाई ‘बकवास’ लाग्छन् यी ४ बलिउड कलाकारको अभिनय, तैपनि पाइरहन्छन् चलचित्र