दर्शकलाई ‘बकवास’ लाग्छन् यी ४ बलिउड कलाकारको अभिनय, तैपनि पाइरहन्छन् चलचित्र

एजेन्सी – अभिनय आफैँमा एक कला हो। वर्षौँको लगन र परिश्रमले मात्रै अभिनय निखारिने गर्छ। यस्तै निखारिएको अभिनय गर्ने कलाकार नै सबैको रोजाईमा पर्छन्। तर कहिले काहीं चलचित्र क्षेत्रमा ननिखारिएका कलाकारहरुले पनि इन्ट्री मर्ने गरेका छन्। यद्यपि यस्ता कलाकारहरुको अभिनय यात्रा कमै मात्र सुखद रहने गर्छ।

फ्लप हुनुको अर्थ दर्शकले मन नपराउनु पनि हो। तर, फ्लप भए भन्दैमा कलाकारहरुले कामै नपाउने भने चाहीं हुँदैन। काम पाउनु र नपाउनु त भाग्य र पहुँचको खेल हो। भाग्य र पहुँचका भरमा केहि कलाकार फ्लप भएपछि पनि फिल्म पाइरहन्छन्। यो प्रवृति बलिउडमा पनि छ। दर्शकले मन नपराएपनि बार-बार पर्दामा देखिने कलाकारहरु निम्न छन्।

हिमेश रेसमीया

गायकको रुपमा जति नै हिट भएपनि हिमेश रेसमीयाको फिल्मी करियर खासै राम्रो हुन सकेन । गायिकामा जस्तै अभिनयमा पनि सफलता हात पार्ने सोचले अभिनयमा होमिए तापनि हिमेश रेसमीयालाई दर्शकले मन पराएनन्। सन् २००७ मा ‘आप का सुरूर’ चलचित्रबाट डेब्यु गरेका हिमेशले कजरारे (2010), दमदम (2011), द एक्सपोज (2014), तेरा सुरूर (2016) जस्ता चलचित्रमा काम गरे। तर, दर्शकले उनलाई लगातार ‘रिजेक्ट’ गरे। धेरैले उनको अभिनयलाई ‘बकवास’ समेत भन्छन्। यधपी उनलाई अभिनय गर्न अझै पुगेको छैन।

सोहेल खान

सलमान खान बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन्। यद्यपि उनका कान्छो भाई सोहेलको हालत सलमानको विपरित छ। सन् २००२ मा चलचित्र ‘मैंने दिल तुझको दिया’ फिल्मबाट सोहेलले डेब्यु गरे पछि पनि सोहेलले कयौं चलचित्रमा काम गरे। तर, उनको कुनै पनि चलचित्र सफल भएनन्। दर्शकलाई उनको अभिनयलाई मन परेन। अझ भन्ने हो भने, उनलाई धेरैले बेकारको अभिनय गर्ने कलाकार समेत भन्न भ्याउँछन्। तैपनि उनको अभिनय गर्ने धोको भने पूरा भएको छैन। सलमान खानका भाइ भएको नाताले सोहेलले अझै पनि चलचित्र पाउने गरेका छन्।

ज्याकी भागनानी

फिल्म प्रोड्यूसर वासु भागनानीका छोरा ज्याकी भागनानीले बलिउडमा आफ्नो समय बेकारमा बर्बाद गरे। ‘कल किसने देखा’बाट बलिउडमा डेब्यु गरेका ज्याकी न अभिनयमा कुशल देखिए, न त उनलाई दर्शकले नै रुचाए। लगातार फ्लप भएका ज्याकीको अभिनयलाई दर्शकहरुले नै ‘बेकार’ भन्ने गरेका छन्। तर, वासु भागनानीका छोरा भएकै कारण उनले चलचित्र पाइरहेका छन्।

आर्या बब्बर

अभिनेता राज बब्बरका छोरा आर्या बब्बरले सन् २००२ मा ‘अबके बरस’ नामक चलचित्रबाट बलिउडमा डेब्यु गरेका थिए। उनको अभिनय दर्शकलाई खासै मन परेन। जसकारण अहिले सम्म उनका कुनै पनि चलचित्र हिट भएका छैनन्। फ्लप भएता पनि उनले काम गरेका चलचित्रको सूची लामो छ।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१९:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड नायिकाहरुको नाइटो छेड्ने शौख : यी हुन् नाइटो छेडाइसकेका पाँच अभिनेत्री !