विवाहित भएर पनि अन्य पुरुषसँग चुम्बन गर्न हिच्किचाउँदैनन् यी बलिउड नायिका !

एजेन्सी : कुनै एक समयमा चलचित्रमा हुने किस सिनहरुले ठूलै हंगामा खडा गर्थ्यो। तर, अहिले चलचित्रहरुमा किस सिन दिने कुरा अहिले सामान्य नै भैसक्यो।

बलिउडमा पनि अहिले चुम्बनका दृश्यहरुलाई सामान्य मान्न थालिएको छ। कथाले माग गरे अनुसार बलिउड नायक-नायिकाहरु किस सिन दिन खासै अफ्ठेरो मान्दैनन्।

विवाह गरेपछि पनि बलिउड नायिकाहरुले किस र बेड सिन दिने गरेको बलिउडमा पाउन सकिन्छ। विवाह पश्चात पनि कथाले मागेपछि किस सिन सिन दिने नायिका निम्न छन्।

अनुष्का शर्मा(Anushka Sharma) : बलिउडकै सुन्दर नायिका मध्येकी अनुष्का अभिनयमा पनि उत्कृष्ट मानिन्छिन्। अनुष्काका कयौं हिट चलचित्र छन्। कथाले माग गरे अनुसार अभिनय गर्ने भएकै कारण बलिउडमा उनको राम्रो नाम। विराट कोहलीसँग विवाह भएपछि पनि अनुष्का अभिनयमा सक्रिय छिन्। किस सिनको कुरा गर्नुपर्दा, अहिले पनि उनलाई किस सिन दिन गार्हो लाग्दैन। चलचित्रमा कथाले मागेपछि विवाहित नै भए पनि किस सिन दिँदा फरक नपर्ने उनको बुझाई छ।

करीना कपूर(Kareena Kapoor) : बलिउडमा धेरै समय देखि सक्रिय करीनाले अहिले सम्म धेरै नायकसँग किस सिन दिसकिन्। शाहिद कपूर, सैफ अली खान, अर्जुन कपूर, फरदीन खान र आमिर खान जस्ता नायकसँगको चुम्बन दृश्य दर्शकले देखिसके। विवाह पछि पनि कथाले मागेपछि किस सिन दिनुपर्छ भन्ने उनको मत छ। किस सिन बारे करीनाका पति सैफ अलि खान पनि करीनासँग सहमत छन्। उनी पनि कथाले मागेपछि विवाहित नै भएपनि फरक नपर्ने बताउँछन्।

सनी लियोन(Sunny Leone) : बलिउडमा प्रवेश गरेपछि सनीले कयौ हट र बोल्ड भूमिका निभाइसकिन्। पहिला ‘वयस्क चलचित्र’मा काम गरेर बलिउड प्रवेश गरेकी सनी अहिले पनि चलचित्रहरुमा हट अवतारमा देखा पर्ने गरेकी छन्। सनी पनि किस सिन दिने मामलामा करीना र अनुष्काको जस्तै सोच्छिन्।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह नगर्दै सँगै बसेका थिए बलिउडका यी चर्चित ५ जोडी !