एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लाजा हजारौँ डायनामाइटको मद्दतले भत्काईएको छ। अमेरिकाको एटलान्टिक शहरमा रहेको यो प्लाजा क्यासिनोको लागि चर्चित थियो। लगभग ३००० डायनामाइटको प्रयोगले ३४ तले भवन भत्काउने बेला मानिसहरुलाई हेर्ने व्यवस्था पनि गरिएको थियो।
यो प्लाजा सन् १९८४ मा खोलिएको थियो र सन् २०१४ मा बन्द गरिएको थियो। कैयन तुफानको कारण यो भवनको बाहिरी हिस्सा जर्जर भएको थियो। सोही कारण गत वर्ष जुनमा त्यस सहरका मेयर मार्टी स्मोलले यो भवन ध्वस्त पार्न आदेश दिएका थिए। यो भवन ध्वस्त पार्ने बेला त्यहाँ सयौँ मानिसहरु जम्मा भएका थिए र लाइभ स्ट्रीमिङ पनि गरिएको थियो।
यो प्लाजा ध्वस्त गरिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। ३४ तले विशाल यो भवन ध्वस्त पार्न लगभग २० सेकेन्ड भन्दा कम समय लागेको थियो। बुधबार ९ बजेको आसपास भवनमा एक पछि अर्को गर्दै लगातार थुप्रै विस्फोट गरिएको थियो। एटलान्टिक सहरका मेहरका अनुसार विस्फोटक पदार्थ प्रयोग गरी भत्काईएको यो भवनको अहिले ८ तला बाँकी रहेको छ र त्यो हटाउन जूनसम्म समय लाग्नेछ।
पूर्वराष्ट्रपति ट्रम्प हलिउड फिल्महरुमा पनि देखिसकेका छन्। उनको यो प्लाजामा एक चर्चित फिल्मको शूटिङ गरिएको थियो। ट्रम्प प्लाजा फिल्म ‘ओसन ११’ मा देखिएको थियो। यस फिल्ममा ब्राड पिट, जर्ज क्लोनी, जुलिया रोबर्ट्स, म्याट डेमन र केसी एफ्लेक जस्ता स्टारको अभिनय रहेको छ।
भिडियो हेर्नुस् :
Atlantic City invited onlookers to watch as the city used a controlled demolition to bring down the Trump Plaza Hotel and Casino on the New Jersey waterfront pic.twitter.com/NlRP5v7hkP
— Reuters (@Reuters) February 17, 2021