काठमाडौँ : शनिबारको दिनलाई हनुमान जीको साथ-साथै न्यायको देवता शनिदेवको दिन पनि मानिन्छ। यसकारण अधिकांस मानिस शनिबारको दिन कुनै गल्ती नगर्ने कोशिश गर्छन्। शनिदेवको कृपा उनीहरुमाथि बनिरहोस् भनि सोच्छन्। शनि र शनिबारलाई लिएर मानिसहरुका मनमा अनेक प्रकारका शङ्काहरु हुन्छन् र यहीँ कारण धेरै मानिसहरु शनिबारको दिनलाई अशुभ मान्छन्। तर वास्तविकता यो हो शनिदेवले गल्ती गर्नेलाई मात्र सजाय दिन्छन्। गरिब र वृद्दसँग राम्रो व्यवहार गर्नेलाई शनिदेवले पनि राम्रो गर्छन्। हनुमान जीको भक्तलाई शनिदेवले कुनै कष्ट पुर्याउँदैन। यसकारण शनिबार शनिदेवसँगै हनुमान जीको पनि पूजा र हनुमान चालिसा पाठ गरिन्छ।
शनिबार यी ३ लाई देख्नु अत्यन्तै शुभ
धार्मिक मान्यता अनुसार यदि शनिबारको दिन बिहानै तपाईले यी ३ चीज देख्नुभएमा सोच्नुहोस् कि तपाईको शनिबार निकै शुभ हुने वाला छ। शनिबार बिहान यी ३ चीज देख्नुको मतलब शनिदेवको तपाईमाथि कृपा छ।
१. निर्धन व्यक्ति – ज्योतिष शास्त्र अनुसार शनिबार बिहान कुनै निर्धन व्यक्ति या भिखारी तपाईको आँगनमा आए या बाटो, सडकमा हिड्दा तपाईले कुनै भिखारी देख्नुभएमा यसलाई शुभ सङ्केत मानिन्छ। शनिबारको दिन यस्ता निर्धन व्यक्तिलाई दान दिएर तिनलाई अवश्य मद्दत गर्नुहोला। यस्तो गर्दा शनिदेव तपाईसँग प्रसन्न हुनेछन् र तपाईको भाग्य चम्किनेछ। तर शनिबारको दिन भूलबस् पनि कुनै गरिब या भिखारीलाई अनादर नगर्नुहोला, अन्यथा शनिको प्रकोप सामना गर्नुपर्नेछ।
२. सफाई कर्मचारी – यदि शनिबार तपाईले बिहानै आफ्नो घर नजिकको सडकमा सफाई कर्मचारीलाई झाडु लगाईरहेको देख्नुभएमा यसलाई शुभ मानिन्छ। त्यतिबेला सफाई कर्मचारीलाई केही रुपैयाँ या कालो रङ्गको कपडा अवश्य दिनुहोला। यसो गर्दा शनिदेवको कृपा तपाईमाथि सधैँ रहिरहनेछ। जुन कामको लागि तपाई घर बाहिर जाँदै हुनुहुन्छ त्यसमा सफलता पाउनुहुनेछ। यस बाहेक तपाईका सारा कामहरु बिना बिघ्नबाधा पूरा हुन्छन्।
३. कालो कुकुर – शनिबार कालो कुकुर देख्नु शुभ र मङ्गलकारी सङ्केत हो। कुकुर शनिदेवको वाहन हो र यदि तपाईले शनिबार कालो कुकुर देख्नुभएमा त्यसलाई घ्यु या तेलमा बनाएको रोटी या बिस्किट खुवाउनुहोला। त्यसो गर्दा शनिदेव मात्र नभई राहु-केतु पनि प्रसन्न हुन्छन्।