भ्यालेन्टाइन डेको दिन ४ राशि लक्की, रोमान्सको मामिलामा जान्नुहोस् आफ्नो राशिको हाल

काठमाडौँ : सन् २०२१ को भ्यालेन्टाइन डे सबै राशिहरुका लागि रोचक रहने वाला छ। ज्योतिषविद्का अनुसार यो भ्यालेन्टाइन डे केही जातकहरुका लागि शुभ समाचार लिएर आउन् सक्छ। प्रेमको यात्रामा साथीको खोजी पूरा हुन् सक्छ। जिन्दगीमा कुनै नयाँ व्यक्तिको प्रवेश हुन् सक्छ। लामो समयदेखि रोकिएको प्रेम प्रस्ताव स्वीकार हुन् सक्छ। प्रेम-विवाहको कुरा पनि हुन् सक्छ। मेष, कर्कट, सिंह र कुम्भ राशिका लागि यो भ्यालेन्टाइन डे निकै खास हुन् सक्छ। यद्यपि केही राशि वालाका लागि सावधान रहनुपर्नेछ। व्यवहारमा आएको बदलावले सम्बन्ध टुटेर बिग्रन  सक्छ। यो भ्यालेन्टाइन प्रेमको मामिलामा १२ राशिका लागि कस्तो रहला त ?

मेष राशि – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : प्रेमको स्थितिमा सुधार देखिनेछ। यो वर्ष आफ्नो इच्छाले विवाह हुने योग छ। आफ्नो प्रेमी-प्रेमिकालाई सेतो फूल उपहार दिनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : प्रेम सम्बन्धमा रिसराग र तनाव आउँन् सक्छ। विवादित मामिलाबाट टाढै रहनुहोला। आपसी बातचितबाट सम्बन्ध सुल्झाउनु होला। चकलेट उपहार दिनु सर्वोत्तम हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : प्रेम र सम्बन्ध टुट्ने समय छ। यतिबेला आफ्नो व्यवहार र भावनालाई ख्याल गर्नुहोला। विवाहको मामिलामा अहिले विलम्ब आउन सक्छ। पहेलो वस्त्र उपहार दिनु राम्रो हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : पुरानो सम्बन्धमा नयाँपन आउनेछन्। जीवनमा आनन्दको वर्षा हुनेछ। विवाह हुनेछ र नयाँ सम्बन्धको सुरुवात हुनेछ। घडी उपहार दिनु अत्यन्तै राम्रो रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : सम्बन्ध  र प्रेमका समस्या हल हुनेछन्। विवाह हुने योग पनि बनेको छ। मनको चिन्ता दूर हुनेछन् सुगन्धित चीज उपहार दिनु राम्रो रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : प्रेम सम्बन्ध जाँच्न यो समय अत्यन्तै उपयुक्त हो। विवाह सम्बन्धी निर्णय सोचविचार गरी लिनुहोला। स्वभावलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुहोला। सङ्गीतसम्बन्धी चीज उपहार दिनु राम्रो रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : प्रेम सम्बन्ध सुमधुर नै चलिरहनेछ तर अहंकारको कारण सम्बन्ध टुट्न पनि सक्छ। सम्बन्धमा ईमान्दार रहने प्रयास गर्नुहोला। प्रेम सम्बन्धमा हुनुहुन्छ भने चकलेट उपहार सर्वोतम हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : प्रेम सम्बन्धमा केही समय दिने कोशिश गर्नुहोला। सम्बन्धको मूल्य बुझ्नुहोला अन्यथा समस्या आउन सक्छ। प्रेम सम्बन्धमा इमानदार रहनुहोला। आभूषण उपहार दिनु राम्रो हुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : सम्बन्ध बनाउने सही समय छ। अहिले आफ्नो मनको कुरा भन्ने उत्तम समय हो। निर्णय लिन धेरै विलम्व नगर्दा राम्रो हुनेछ। रङ्गी-बिरङ्गी फूल उपहार दिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : सम्बन्धमा तीक्तता आउन सक्छ। नजिकको सम्बन्ध टुट्नबाट बचाउनुहोला। आफ्नो व्यवहार र सोचलाई ठीक गर्नुभएमा राम्रो हुनेछ। वस्त्र र सुगन्ध उपहार दिनु सर्वोत्तम हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : प्रेम र सम्बन्ध निकै राम्रो हुँदै गईरहेका छन्। विवाहको समस्या हल हुनेछन। अहिले पुरानो सम्बन्ध पुनर्जीवित गर्नुहोला। रातो फूल उपहार दिनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces) : प्रेमको मामिलामा धैर्य गुम्दै गईरहेको छ। समस्यालाई समाधान गर्नुको सट्टा तपाई समस्याबाट भाग्दै हुनुहुन्छ। गल्तीलाई भुलेर आफ्नोलाई अँगालोमा बाँध्नुहोला। आभूषण उपहार दिनुहोला।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईंको हातको यस्तो रेखाले बताउँछ तपाईंको प्रेमीको सबै गुण !