निर्जन टापुमा ३३ दिनदेखि फँसेका थिए ३ जना, बाँच्नको लागि खाए मुसा

एजेन्सी : क्युबाका दुई पुरुष र एक महिला ३३ दिनदेखि बहामासको एक निर्जन टापुमा फँसेका थिए। त्यो टापुमा खानको लागि नरिवल बाहेक अरु केही थिएन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ती मानिसहरुलाई युएस कोस्ट गार्डले मङ्गलबार ९ फेब्रुअरीमा सुरक्षित तरिकाले द्वीपबाट उद्दार गरेका छन्। उनीहरु एक महिना भन्दा बढी समयदेखि एङ्गुइला नामको टापुमा फँसेका थिए।

युएस कोस्ट गार्डको हेलिकप्टर त्यस क्षेत्रमा सधैंझैँ त्यो दिन पनि हवाई गस्ती गरिरहेको थियो, तब एयरक्राफ्टमा बसेका पाइलटको नजर एक हल्लिरहेको झाडीमा पर्यो। र उनलाई लाग्यो कि त्यहाँका मान्छेलाई मद्दतको जरुरत छ। युएस कोस्ट गार्डले त्यस क्षेत्रको तस्बिर पनि सामाजिक सञ्जालमा शेयर गरेको छ, जुन तस्बिरमा ती तीनले बनाएको मेकशिफ्ट फ्लाग देख्न सकिन्छ।

जमिनबाट ५०० फिटको उचाईमा रहँदा कोस्ट गार्डले मेकशिफ्ट फ्लाग देखेका थिए।  अझ नजिक जाँदा उनले देखे कि तीन जना उद्दारको आशमा बसिरहेका छन्। त्यसपछि कोस्ट गार्डले आफूसँग भएको खानेकुरा र पानी फ्याँके। तिनले एक रेडियो पनि फ्याँके ताकि राम्रोसँग कुराकानी हुन् सकोस्। ती तीन जनालाई ८ फेब्रुअरीमा देखिएको थियो तर खराब मौसमको कारम उद्दार अभियान अर्को दिनलाई सारिएको थियो।

ती तीनलाई एयरलिफ्ट गरेपछि फ्लोरिडाको मेडिकल सेन्टरमा लागिएको छ, जहाँ उनीहरुको ट्रिटमेन्ट चलिरहेको छ। ती मध्ये कसैमा पनि चोटपटकको सङ्केत देखिएको छैन। प्रशासनको प्रेस विज्ञप्ति अनुसार तीन जना चढेको डुंगा पल्टिएको थियो र उनीहरु पौडिएर नजिकैको टापुमा पुगेका थिए। यद्यपि त्यस एकान्त टापुमा उनीहरुले हिम्मत हारेनन् र ३३ दिनसम्म नरिवल र मुसा खाएर आफूलाई जीवित राख्न सफल भए।

 

कोस्ट गार्ड लेफ्टिनेन्ट जस्टिनले एनबिसी १२ सँगको कुराकानीमा पाइलटले केही अनौठो झण्डा देखेको बताए। त्यसमा धेरै रङ्गहरु थिए। यही कारण उनीहरु अलि आश्चर्यमा परे र ध्यान दिएर नजिकबाट हेर्दा तीन जना सिग्नल गरिएको देखे। एक महिनापछि पनि ती तीन जनालाई कुशल र स्वस्थ अवस्थामा देखेर जस्टिन छक्क परेका छन्।

प्रकाशित : बिहिबार, माघ २९, २०७७१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३००० डायनामाइट विस्फोट गरी उडाइयो ट्रम्पको ३४ तले भवन, भिडियो भाइरल