भोलि माघ ३० गते सार्वजनिक बिदा

काठमाडौँ – माघ ३० गते सरकारले सार्वजनिक बिदा दिने भएको छ। तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने भएको हो।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले बताएका छन्।

यसअगाडी ल्होछारको अवसरमा दिँदै आइएको सार्वजनिक बिदा ओली नेतृत्वकै सरकारले कटौती गरेको थियो। तर, तामाङ समुदायको नेतृत्व गर्ने नेपाल तामाङ घेदुङले सार्वजनिक बिदाका लागि लगातार आग्रह गरेपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय सोमबार गरेको हो।

सोनाम ल्होछारलाई तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले नयाँ वर्षको रुपमा मनाउँछन्। माघ ३० गतेबाट तामाङ समुदायको २०५७ साल शुरु हुनेछ।

यसवर्ष सोनाम ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम भने नहुने भएको छ। कोरोना भाइरसको महामारी कायमै रहेका कारण ल्होछारका अवसरमा हुने कार्यक्रम नहुने भएको हो।

नेपाल तामाङ घेदुङले त्यस दिन भर्चुअल माध्यमबाट कार्यक्रमहरु आयोजना गरिने र घरघरमा सोनाम ल्होछार मनाइने जनाएको छ।

प्रकाशित : बिहिबार, माघ २९, २०७७११:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रामकुमारी झाँक्री पक्राउ, उनलाई पक्राउ गर्न प्रयोग गरिएको कानुनमा के छ ?