रामकुमारी झाँक्री पक्राउ, उनलाई पक्राउ गर्न प्रयोग गरिएको कानुनमा के छ ?

काठमाडौं, माघ २९ गते । नेकपा (प्रचण्ड–माघव) पक्ष की नेतृ रामकुमारी झाँक्रीलाई सुरक्षाकर्मीले उनकाे निवास संखमुलबाट पक्राउ गरेको छ । पक्राउ गर्नुअघि सुरक्षाकर्मीले पक्राउपूर्जी जारी गरेको थियो । पक्राउ विरुद्ध सो पक्षका विद्यार्थीहरुले झाँक्री निवास बाहिर नाराबाजी गरेका थिए ।

राज्यविरुद्धका कसुर अन्तर्गत अनुसन्धान गर्न भन्दै सरकारले पक्राउ पूर्जी जारी गरेको हो । केही दिनअघि गोरखामा सो पक्षको कार्यकर्ता भेलामा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत विषयमा लान्छना लगाउँदै अभिव्यक्ति दिएकी थिईन् । महानगरीय अपराध महाशाखा काठमाडौंले नेतृ झाँक्रीलाई पक्राउ गर्न पक्राउपूर्जी जारी गरेको थियो ।

यसअघि मौखिकरुपमा सोधपुछका लागि सिभिल ड्र्ेसका प्रहरी उहाँको निवास पुगेको थियो । तर झाँक्रीले पक्राउ पूर्जी ल्याए मात्र गिरफ्तारी दिने अडान राखेपछि  महानगरीय महाशाखाका डिएसपी दुर्गाराज रेग्मीले उनी विरुद्ध पक्राउपूर्जी जारी गरेको महाशाखाले बताएको छ ।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लिइएको बताईएको छ ।

गिरफ्तारी दिनुअघि पत्रकारसँग संक्षेपमा आफ्नै निवासमा कुरा गर्दै नेतृ झाँक्रीले आफ्नो मुद्दा राजनीतिक भएको भन्दै त्यसलाई राजनीतिक ढङ्गले समाधान खोजिने बताइन् । गणतन्त्रको प्रतीक राष्ट्रपति संस्था भएकाले सो संस्थाप्रति नागरिकको आलोचना हुनु स्वभाविक रहेको बताउँदै नेतृ झाँक्रीले हिजोका दिनमा राजसंस्थाको पनि यसैगरी आलोचना हुनेगरेको दावी गरिन् ।

मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राष्ट्रपतिलाई धम्की दिनेलाई सात वर्ष कैद र ७० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था गरेको छ ।

प्रकाशित : बिहिबार, माघ २९, २०७७१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एकग्रामकै २५ हजारले बेच्ने देखेका थिए सपना, प्रहरीले सुइँको पाएपछि चकनाचुर !