एजेन्सी : भारतीय व्यवसायी तथा विश्वका छत्तीस औँ धनी व्यक्ति मुकेश अम्बानी(Mukesh Ambani) का छोरा आकाश अम्बानी(Akash Ambani) ले श्लोका मेहता(Shloka Mehta) सँग ७ डिसेम्बर २०१९ मा विवाह गरेका थिए। श्लोकाले डिसेम्बर २०२० मा पहिलो सन्तान जन्माएकी थिईन्। के तपाईलाई थाहा छ मुकेश अम्बानीकी बुहारीको नाम गिनिज बुक अफ द वर्ल्डमा दर्ता भएको छ ?
भारतको सबैभन्दा धनीको सूचीमा अम्बानी पहिलो स्थानमा छन्। ‘ब्लूमबर्ग बिलेनियर इन्डेक्स’ को रियल टाइम नेटवर्थ अनुसार मुकेश अम्बानीको सम्पत्ति करिब ८८.४ बिलियन डलर छ।
भारतीय मिडिया रिपोर्टस् अनुसार आकाश र श्लोकाको विवाहमा आकाशका आमा नीता अम्बानीले आफ्नो नयाँ बुहारीलाई निकै महँगो हार उपहारस्वरूप दिएकी थिईन्। हारको मूल्य सुनेर तपाई दङ्ग पर्नुहुनेछ। हार यति मूल्यवान छ कि यो हार गिनिज बुक अफ द वर्ल्डमा दर्ता भएको छ।
यो हार अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त मौवाड(Mouawad) ज्वेलरी कम्पनीले डिजाइन गरेको हो। यो हारमा ४०७ क्यारेटको हिरा प्रयोग गरिएको थियो। यसको मूल्य लगभग ३०० करोड भारतीय रुपैयाँ भएको बताईएको छ।
श्लोकाको हारमा जुन हिरा जडित गरिएको हो त्यसको खोज सन् १९८० मा अफ्रिकामा गरिएको थियो। यो हारमा ९१ हिरा प्रयोग गरी सुन्दर बनाईएको छ।