५९ वर्षपछि बन्यो ६ ग्रहको महासंयोग : यो राशिमा पर्छ सबैभन्दा बढी असर, ३ दिन सावधान रहनुहोस्

काठमाडौँ : मकर राशिमा ५९ वर्षपछि छ ग्रहको महासंयोग बनेको छ। यस राशिमा बुध, गुरु, शुक्र, शनि, सूर्य र चन्द्रमा विराजमान छन्। ग्रहको यस्तो सङ्गम सन् १९६२ मा देखिएको थियो। त्यतिबेला पनि पनि मकर राशिमा ६ ग्रह आएका थिए। ज्योतिर्विदका अनुसार ग्रहको यस्तो मिलनले षटग्रही योग बनाइरहेको छ। मकर राशिमा ६ ग्रह आउँदा यी राशिमा कस्तो प्रभाव पर्नेछ त ?

वादविवाद : ज्योतिषका अनुसार एक राशिमा जब पाँच भन्दा बढी ग्रह विराजमान हुन्छन, यसलाई गोल योग पनि भनिन्छ। पछिल्लो ३५ दिनदेखि अस्त चलिरहेको यस राशिको स्वामी शनि ९ फेब्रुअरीदेखि उदय भएको छ। फलस्वरूप लामो समयदेखि चलिरहेको वादविवाद या अड्डा-अदालतका मामिलाहरु समाप्त हुनेछन्।

धन-सम्पत्ति : पैतृक सम्पत्ति या अरु कुनै सम्पत्तिसँग जोडिएका समस्याहरु निम्तिरहेका छन् भने तपाईले छिट्टै राम्रो परिणाम पाउनुहुनेछ। अनायास धन प्राप्ति हुन् सक्छ। यद्यपि वैवाहिक जीवनमा उथल-पुथल आउन सक्छ। व्यवहारमा चिडचिडापन आउन् सक्छ र पार्टनरसँग सम्बन्ध खराब हुन् सक्छ।

रिलेशनशिप : यस राशिका अविवाहित मानिसहरुमा पनि यसको असर देखिनेछ। विवाहको मामिलामा कुरा बिग्रन सक्छ। सम्बन्ध सुधार्न गाह्रो हुन् सक्छ। स्थिति सामान्य हुन् करिब दुई महिना लाग्न सक्छ।

व्यापार : व्यापार-कारोबारसँग जोडिएका जातकका लागि यो समय अत्यन्तै राम्रो रहनेछ। मकर राशिका मानिस यसबीच खुब प्रगति गर्नेछन्। मान-सम्मानमा बढोत्तरी हुनेछ। सामाजिक कार्यमा प्रगति हुनेछ। मानिसहरुसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ।

स्वास्थ्य : स्वास्थ्यको मामिलामा स्थिति थोरै बिग्रिन सक्छ। मूड स्विङ, मानसिक तनाव या अनिन्द्रा जस्ता समस्याले तपाईलाई घेर्नेछ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। अरुको सवारी साधन मागेर नचलाउनुहोला। शनि देव या चन्द्रमाको उपासनाले तपाईको सारा समस्याहरु कम हुनेछन्।

तीन दिन रहनुहोस् सावधान :  कुल मिलाएर हेर्दा ६ ग्रहको यस योगबाट मकर राशिका जातकले औशत परिणाम पाउने देखिन्छ। आकस्मिक धन प्राप्ति हुन् सक्छ। माघ २७ गतेदेखि माघ ३० गतेसम्म सावधानीपूर्वक यात्रा गर्नुहोला। यस राशिबाट चन्द्रमा गईसकेपछि स्थिति अनुकूल हुन् लाग्छ।

प्रकाशित : बुधबार, माघ २८, २०७७१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधबारको दिन गणेश जीलाई प्रसन्न गर्न यसरी गर्नुहोस् पूजा, हुनेछ सम्पूर्ण मनोकामना पूरा