बुधबारको दिन गणेश जीलाई प्रसन्न गर्न यसरी गर्नुहोस् पूजा, हुनेछ सम्पूर्ण मनोकामना पूरा

काठमाडौँ : आज बुधबार चतुर्दशी तिथि भगवान श्रीगणेशको पूजा गरिन्छ। गणेशलाई सर्वश्रेष्ठस्थान दिईएको छ। हरेक शुभ कार्य अगाडी यिनको पूजा गरिन्छ। मनुष्य मात्र नभई देवताहरु पनि आफ्नो कार्य बिना कुनै बाधा-अड्चन पूरा गर्नको लागि गणेश जीको आराधना गर्छन्। गणेश जीलाई बुधको कारक देव भनिन्छ। यहीँ कारण बुधबारलाई गणेशको बार भनिन्छ। यस दिन जसले गणेश जी को विधि-विधान पुर्याएर पूजा गर्छन् तिनको हरेक मनोकामना पूरा हुन्छ। शास्त्रमा बताईएअनुसार यस्तो अपनाएर पूजा गर्दा व्यक्तिको हरेक मनोकामना पूरा हुन्छ।

गणेश जीलाई प्रसन्न गर्ने उपाय :

दुबो :

दुबो गणेश जीको अत्यन्तै प्रिय घाँस हो। यसमा अमृत हुने जनविश्वास छ। त्यहीँ भएर गणेश जीलाई दुबो चढाउनुपर्छ। यसो गर्दा गणेश जी छिट्टै प्रसन्न हुन्छन्। गणपति अथर्वशीर्षको अनुसार यदि कुनै भक्तले गणेश जीको पूजा दुबोबाट सम्पन्न गर्छ भने तिनी कुबेर जस्तै हुन्छन् यानी तिनलाई धनको कहिल्यै कमी हुने छैन।

लड्डु :

गणेशजीको सबै भन्दा मन पर्ने मिठाई लड्डु हो। गणपति अथर्वशीर्षका अनुसार पूजाको समयमा गणेशलाई लड्डु अवश्य चढाउनुहोला। यसो गर्दा व्यक्तिको मनोकामना अवश्य पूरा हुनेछ। शास्त्रमा लड्डुको तुलना ब्रह्मसँग गरिएको छ। लड्डुमा पनि थोरै अंशमा अमृत हुने मान्यता छ।

घ्यु :

घ्युलाई पनि अमृत समान मानिन्छ। घ्युलाई पुष्टिवर्धक र रोगनाशक मानिन्छ। यो गणेश जीलाई चढाउनुपर्छ। यसले बुद्धि प्रखर हुन्छ। साथै व्यक्ति आफ्नो योग्यता र ज्ञानले संसारमा सबैथोक हासिल गर्न सक्छ।

प्रकाशित : बुधबार, माघ २८, २०७७१९:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति : अरुले भोग्नुपर्छ यी ४ मानिसले गरेका पापको फल