अझ राम्रो हुने अभिलाषामा नाकको सर्जरी गर्दा मान्नुपर्यो पछुतो, भइन् कुरुप

एजेन्सी : चीनकी लोकप्रिय अभिनेत्री गाओ लियु(Gao Liu) ले हालै आफूसँग भएको त्रासदीपूर्ण घटना फ्यान्ससँग शेयर गरेकी छिन्। २४ वर्षीय लियुले केही समय अघि आफ्नो नाकको प्लास्टिक सर्जरी गरेकी थिईन्। तर यस अपरेशन पछि उनले ठुलो मूल्य चुकाउनुपर्यो। लियुले चीनको ट्वीटर जस्तो प्लाटफर्म वीबो(Weibo) मा आफ्नो तस्बिर शेयर गरेकी छिन्। यस प्लाटफर्ममा अभिनेत्रीको ५ मिलियन भन्दा बढी फलोअर्स छन्।

डेलिमेलको रिपोर्ट अनुसार, चिनियाँ भाषाका थुप्रै फिल्म तथा टिभी शोजमा काम गरिसकेकी अभिनेत्री गाओले आफ्नो पोस्टमा लेखेकी थिईन् कि उनले चीनको Guangzhou शहरको एक क्लिनिकबाट नाकको सर्जरी गराएकी थिईन्। उनको एक साथीले उनलाई उक्त क्लिनिकको प्लास्टिक सर्जनसँग भेट गराएका थिए। त्यो प्लास्टिक सर्जरी अपरेशन चार घण्टासम्म चलेको थियो, यद्यपि उनले यो बिल्कुलै सोचेकी थिईनन् कि चार घण्टापछि उनको यस्तो हालत हुनेछ।

नाकको प्लास्टिक सर्जरी गराएपछि आफ्नो लुक्स राम्रो हुनेछ र फिल्ममा अवसर पाउने सम्भावना धेरै हुने उनको सोचाई थियो। आफ्नो नाकमा थोरै एडजस्टमेन्ट गराएपछि उनको नाकमा इन्फेक्सन भयो, जसपछि उनले फेरी फलोअप सर्जरी गर्नुपर्यो। जसको परिणामस्वरूप उनको नाकमा नेक्रोसिसको समस्या आयो र अहिले उनको नाकको अगाडीको भाग एकदमै खराब स्थितिमा पुगेको छ।

अभिनेत्रीले पछि थाहा पाइन् कि प्लास्टिक सर्जरीको यो अस्पताल नाकको सर्जरी गराउन क्वालिफाई थिएन्। यहीँ कारण उनले दुई महिनासम्म त्यहीँ अस्पतालमा भर्ती हुनुपर्यो। उक्त अस्पतालमा उनको ४५ हजार पाउण्ड खर्च भएको छ। साथै उनले करियरमा कन्ट्राक्ट्स तोडेकोको कारण २ लाख पाउण्डको क्षति बेहोरेकी छिन्। अहिले अभिनेत्री गाओ अस्पतालबाट क्षतिपूर्ति लिन सङ्घर्ष गरिरहेकी छिन्।

चीनको मार्केट रिसर्च फर्म आईआईमिडियाको अनुसार, प्लास्टिक सर्जरीको मार्केट चीनमा उच्च स्थानमा छ। पछिल्लो केही वर्षमा मात्रै चीनमा लगभग डेढ करोड मानिसले प्लास्टिक सर्जरी गराएका छन्। प्लास्टिक आकर्षणमा ह्वात्तै बढेको आकर्षणको कारण सर्टिफिकेट्स र क्वालिफिकेसन बिना नै यस्तो संवेदनशील सर्जरी गराउने क्लिनिकहरु धेरै खुलेका छन् र मानिसहरु ठगीको शिकार भएका छन्।

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७१२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नीता अम्बानीले उपहारस्वरुप बुहारीलाई दिएकी थिईन् यति महँगो हार, गिनिज बुकमा नाम दर्ता